Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात
Photo / Coverage: टक्सार

काठमाडौँ । चालु आर्थिक वर्ष (आ.व.० २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत भारत र बंगलादेशतर्फ निर्यात गरेको हो । प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा विक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन–अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ । वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ । प्राधिकरण केन्द्रिय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त अवधिमा विद्युत निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत विक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो । असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युतनिर्यात भएको छ ।उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत विक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत निर्यात प्रभावित भएको बताए । उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि वचत भएको विद्युत उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए । गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युतनिर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ
Latest NewsJust now

शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ

काठमाडाैँ। बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको... ...

रातोपाटी
फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल
Latest NewsJust now

फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल

काठमाडौँ । फकल्यान्ड टापु नजिक समुद्रमा तेल अन्वेषण तथा उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको प्रयास असफल भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधीकरणले अर्जेन्टिनाको माग सुनुवाइ गर्न आफ्नो... ...

रातोपाटी
मेडिकल कलेजको अवस्था बुझ्न डा. केसी बर्दिबासमा
Latest NewsJust now

मेडिकल कलेजको अवस्था बुझ्न डा. केसी बर्दिबासमा

महोत्तरी समाचारदाता महोत्तरी, मङ्सिर १३ गते । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी महोत्तरी जिल्लाको बर्दिबासमा प्रस्तावित मेडिकल कलेज निर्माण हुनुपर्ने मागसहित बर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement