Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात
Photo / Coverage: पर्दाफास

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो । प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन—अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ । वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ । प्राधिकरण केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार,उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो । असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत निर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत् निर्यात प्रभावित भएको बताए । उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए । गत आर्थिक वर्ष २०८२÷८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
OthersJust now

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्। ...

अनलाइन खबर
गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ
OthersJust now

गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना ...

पर्दाफास
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख
OthersJust now

इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख

१३ मङ्सिर, तेहरान (रासस/एएफपी) । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो भनाइ राखेका हुन्। राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, 'इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक… ...

अनलाइन खबर
७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
OthersJust now

७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement