Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
Photo / Coverage: पर्दाफास

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा साउनदेखि कात्तिकसम्म कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो । भन्सार विभागको तथ्याङ्कअनुसार समीक्षा अवधिमा आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको छ । चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी, निर्यात १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो चार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । निर्यातको वृद्धिदर आयातको भन्दा ११.७१ प्रतिशत विन्दुले बढी भए पनि व्यापार घाटामा भने कमी आउन सकेको छैन । समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो । कुल व्यापारमा निर्यातको हिस्सा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गत वर्षको पहिलो चार महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकामा चालु आवमा बढेर १४.३१ प्रतिशत पुगेको छ । यसले कुल व्यापारमा निर्यातको योगदान बढेको देखाउँछ । त्यसैगरी, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ । आयात–निर्यात अनुपात पनि गत वर्षको ६.५२ बाट घटेर ५.९९ मा आएको छ । यसको अर्थ अघिल्लो वर्षको तुलनामा आयातको तुलनामा निर्यातको अनुपातमा सुधार आएको हो । निर्यातमा उच्च वृद्धिदर देखिए पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले व्यापार घाटा बढ्ने क्रम रोकिएको छैन । समीक्षा अवधिमा निर्यातको हिस्सा बढ्नु र आयात–निर्यात अनुपात घट्नुले वैदेशिक व्यापारको संरचनामा भने सामान्य सुधार भएको संकेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा
OthersJust now

नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा

प्रहरीका अनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने, त्यसपछि बेहोस बनाएर उनीहरूले लगाएका सुनका गरगहना तथा साथमा भएका नगद र अन्य सामान लुट्ने गरेको खुलेको छ । ...

अनलाइन खबर
यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’
OthersJust now

यम बरालको संगीतमा पत्रकार खेम रिसालको ‘भुलेकै जाती’

काठमाडौँ । पत्रकार तथा गायक खेम रिसालले एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आएका छन् । यम बरालको शब्द तथा संगीत रहेको गीतलाई मदन केसीले एरेन्ज गरेका छन् । प्रेममा बिछोड भएपनि हार मान्नु हुँदैन भन्ने सन्देश दिने गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियो भने केही समयपछि बनाउने तयारीमा रहेको गायक… ...

अनलाइन खबर
नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत
OthersJust now

नेपाल–भारत पारवहन तथा यातायात कनेक्टिभिटी सम्झौताको निजी क्षेत्रद्वारा स्वागत

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले नेपाल र भारतबीच पारवहन तथा यातायात कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिहरूको स्वागत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिले नेपालको वैदेशिक व्यापार र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने एसोसिएसनले विश्वास व्यक्त गरेको छ । एसोसिएसनले विशेषगरी भारतको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement