Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको अर्थमन्त्रीको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको अर्थमन्त्रीको दाबी
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन्। आन्तरिक राजस्व विभागले आयोजना गरेको ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा सकारात्मक नतिजा देखिन थालेको दाबी गरे। “असोजमा पूरै कर राजस्वको लक्ष्य पूरा गरेका छौँ। त्यसैले केही न केही काम भइराखेको छ । सुधारले नतिजा दिन थालेका छन्”, उनले भने, “बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा दिएको छ । प्रणालीगत सुधारले पनि अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउँदै स्वेच्छिक कर अनुपालन बढाउन नतिजा दिने अपेक्षा गरेको छु।” सरकारले तोकेको लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने अर्थमन्त्री वाग्लेले बताए। “सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र सुशासनको लाभांशका कारण प्रतिकूलताका बीच पनि हामी अगाडि बढिरहेका छौँ र राजस्वका लक्ष्य पूरा गर्दै आएका छौँ”, उनले भने। उनले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई सुशासनको अभिन्न अङ्गका रूपमा अघि बढाइएको जानकारी दिए। “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार भइरहेको छ”, उनले भने, “कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्ने दिशामा काम भइरहेको छ।” सरकारले उद्यम तथा व्यवसायको प्रवर्द्धन, लगानी विस्तार र अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार तथा करका दर र दायराको पुनरवलोकन गर्दै आएको पनि उनले बताए। “सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु गरेको छ”, उनले भने। सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरूपको करदाता पोर्टल शुभारम्भ गरे। कार्यक्रममा आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिका पनि विमोचन गरिएको थियो । विभागका महानिर्देशक भीष्मकुमार भुसालले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?
Latest NewsJust now

कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?

विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ । ...

कान्तिपुर
कर सप्ताह सुरु
Latest NewsJust now

कर सप्ताह सुरु

काठमाडौँ, मङ्सिर १ गते । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यस... ...

गोरखापत्र
बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता
Latest NewsJust now

बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता

काठमाडौँ। गत भदौ १० मा भोटेकोशी बाढीबाट विस्थापित विदुर नगरपालिका १ त्रिशूली बजारका बाढीपीडित नागरिकहरू नेपाल विद्युत् प्राधिकरणको जग्गामा बसोबास गर्न थालेका छन् । सरकारले विस्थापितको पुनःस्थापनामा बेवास्ता गरेपछि पीडितहरू... ...

रातोपाटी
सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते
Latest NewsJust now

सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते

सिन्धुली । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play