Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए
Photo / Coverage: नेपालन्युज

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म भित्रिने कुल पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उक्त अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् । यस्तै, विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य रहेका छन् । पहिलो चौमासिकको तथ्याङ्कअनुसार विदेशीको तुलनामा नेपाली पर्यटकको सङ्ख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिक महिनामा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको हो । यसअघि असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आएको प्रहरी निरीक्षक बस्यालले बताए । यसैगरी, पहिलो चौमासिकको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन् । प्रहरीको तथ्याङ्कअनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए । यसअघि आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाँजासहित कार बरामद, चालक फरार
Latest NewsJust now

गाँजासहित कार बरामद, चालक फरार

मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले ...

केन्द्रबिन्दु
पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ
Latest NewsJust now

पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ

पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी स्टेफानो छिन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर... ...

रातोपाटी
दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै
Latest NewsJust now

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् । ...

कान्तिपुर
मधेशमा सामाचकेवाको रौनक
Latest NewsJust now

मधेशमा सामाचकेवाको रौनक

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु भएको सामाचकेवा पर्वमा महिलाहरू प्रत्येक दिन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play