चार घण्टा ढिलो सुरु भयो खेल, टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेलमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो। वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको छ। मैदान सुकाउन समय लागेपछि खेल ५–५ ओभरमा सीमित गर्ने निर्णय गरिएको थियो। यसअघि खेल साँझ ७:४१ बजे सुरु हुने भनिएको थियो। तर, मैदानको अवस्थालाई लिएर सुदूरपश्चिमले खेलाडीको सुरक्षाको विषय उठाएको थियो। बाउन्ड्री छोटो बनाइएको विषयमा पनि टोलीले असहमति जनाउँदै खेल्न मानेको थिएन। लामो छलफलपछि सुदूरपश्चिम खेल्न तयार भएको हो। त्यसपछि दुवै टोलीका कप्तान टसका लागि मैदानमा पुगेका थिए।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति
काठमाडौँ । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनाबाट तीन... ...
.gif)
देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते
काठमाडौँ, कात्तिक १४ गते । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपा... ...

१२ बजे १२ समाचार : विराटनगरको पहिलो जित, एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र नेपालको वर्तमान संविधान धारा ३१ मा... ...

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल मैदानको अवस्थालाई लिएर उत्पन्न विवाद, लामो अन्योल र पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धापछि टुङ्गिएको छ । वर्षाका... ...


