Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण
Photo / Coverage: नेपालन्युज

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ। प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताए। उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उनले जानकारी दिए। “सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भने, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताइन्। स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनको भनाइ छ। अस्पतालबाट आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा, प्रयोगशाला परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन्। त्यस्तै, गाउँघर क्लिनिकमार्फत पनि स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवले जानकारी दिए। उनका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले स्वास्थ्य सेवा लिँदै आएका छन्। अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम वा अन्य जिल्ला जानुपर्ने बाध्यता कम भएको भन्दै स्थानीयवासी खुसी भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
Latest NewsJust now

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

• अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई राहत कोषमा हस्तान्तरण गरिएको छ। • रिच फर नेपाल फाउन्डेसनले २०१५ देखि नेपालमा मानवीय सहायता र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ। • आगामी दिनमा बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाको अध्ययन गर्न इन्जिनियर र विज्ञहरूको टोली नेपाल पठाउने तयारी भइरहेको छ। ...

नेपालबहस
जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु
Latest NewsJust now

जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ ...

कान्तिपुर
बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद
Latest NewsJust now

बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबार अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको... ...

रातोपाटी
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी रिहा
Latest NewsJust now

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट कैदमुक्त भएका हुन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो। रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play