चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी

काठमाडाैँ । दसैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् । श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ । एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ । तर सोहीअनुसार रोजगारदाता, प्रतिष्ठानले चाडपर्व खर्च नदिएको भन्दै श्रमिकले धमाधम उजुरी गरिरहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेकाअनुसार उजुरी पछि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न रोजगारदाता, प्रतिष्ठानलाई कडा निर्देशन दिइएको छ । उनकाअनुसार विभागले दशैँ बिदाअघि नै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो । विभागले असोज २३ गते ती सङ्गठनलाई पत्र पठाउँदै आफ्ना आवद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई जानकारी गराएर श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो । असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्राचार गरी निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो । अहिले पनि उजुरीमाथि आवश्यक कारबाही थालिएको पाण्डेले बताए । पाण्डेकाअनुसार चाडपर्व खर्च नपाएको श्रमिकको उजुरीपछि श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई रकम भुक्तानी गर्न विभागले निर्देशन दिएको थियो । कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐनअनुसार कर्मचारीको चाडपर्व खर्च उपलब्ध गराउन भनेको थियो । त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रूपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेश गरेको छ । अस्पतालले २०८३ कात्तिक ९ गते पठाएको जवाफमा कर्मचारीलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम भुक्तानी गरिसकेको उल्लेख गरेको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पाण्डेले भुक्तानीको पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित विवरणसमेत पेश गरेको बताए । महानिर्देशक पाण्डेकाअनुसार उजुरी प्राप्त भएपछि विभाग र मातहतका कार्यालयले समस्या समाधान गर्न अग्रसरता लिइरहेको छ । सामाजिक सञ्जालमार्फत आएका गुनासोका आधारमा समेत सम्बन्धित कार्यालयले रोजगारदातासँग सम्पर्क गरी रकम उपलब्ध गराउन अग्रसरता लिएको बताए । उनकाअनुसार विभागले सम्बन्धित विद्यालयका प्रिन्सिपलसँग सम्पर्क गर्दा चाडपर्व खर्च उपलब्ध नगराएको स्वीकार गर्दै तत्काल भुक्तानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । तर श्रमिकका गुनासा चाडपर्व खर्चमा मात्र सिमित छैनन् । कतिपय श्रमिकले न्युनतम पारिश्रमिकसमेत नपाएको र नियमित तलब भुक्तानी नहुने गरेको गुनासो गरेको पाण्डेले बताए । श्रम ऐनले सुनिश्चित गरेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानूनी दायित्व रहेको बताउँदै उनले ऐनमा भएको व्यवस्था निर्मम भएर कार्यान्वयन गरिने उल्लेख गरे ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


