काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्ण्ॉताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्। ‘नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो। ’ प्रधानमन्त्री बालेनले भनेका छन्,‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छ; ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ। यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।’ उनले आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उल्लेख गरेका छन्। भैलोका मीठा भाका र देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने उनको भनाई छ। ‘हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ। हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्ण्ॉताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्। सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना!’ The post चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






