Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरीलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सतर्कता अपनाउनुपर्ने बताए। महानिरीक्षक केसीले चाडपर्वका बेला चोरी, लुटपाट र आपराधिक घटनाहरू नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। उनले पटका तथा विस्फोटक पदार्थको कारोबारलाई कडाइका साथ नियन्त्रण गर्न र सामाजिक सद्भाव बिगार्ने खालका गतिविधिप्रति सचेत रहन प्रहरी अधिकारीहरूलाई आग्रह गरे। स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी सुरक्षा योजना बनाउन उनले जोड दिएका छन्। साथै, प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन गर्न र देखिएका कमजोरीहरू समयमै सुधार गर्न निर्देशन दिए। उक्त भर्चुअल कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरूको सहभागिता थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रैथाने व्यापार मेला सुरु
Latest NewsJust now

रैथाने व्यापार मेला सुरु

काठमाडौँ । काठमाडौँको धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ सुरु भएको छ । रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी... ...

रातोपाटी
सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट
Latest NewsJust now

सशस्त्र र नेपाल प्रहरीद्वारा ९ लाख रुपियाँ बढीको पटाका नष्ट

जानु पाण्डेकपिलवस्तु, कात्तिक २० गते । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद... ...

गोरखापत्र
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए। ...

कान्तिपुर
आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा
Latest NewsJust now

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play