चाडपर्वमा घर फर्किँदा पनि ज्यान जोखिममा राख्नुपर्ने कर्णालीवासीको कहर

BBC दशैँको समयमा भारतबाट र नेपालका काठमाण्डू, नेपालगञ्ज, सुर्खेत लगायतका सहरमा रोजगारी र पढाइको सिलसिलामा गएका मानिसहरू घर फर्किने क्रम जारी छ। वर्षाले ठाउँ ठाउँमा सडक र पुल भत्केका तथा सवारीसाधन राम्रो नभएका कारण मानिसहरूले बीचबाटोमा दु:ख पाइरहेको जुम्लाको चन्दननाथ नगरपालिका ७ की सबिना थापाले बताइन्।"कालिकोटको गगने खोलामा पहिरो जाँदा धेरै दिनसम्म मानिसहरू बाटोमा अलपत्र परे। ज्येष्ठ नागरिक, दीर्घ रोगी र साथमा बच्चा भएका महिलालाई धेरै गाह्रो भएको थियो," उनले भनिन्।"गगने खोलामा पहिरो खस्दा त्यहाँबाट फर्केर नेपालगञ्जबाट जहाजमा जुम्ला आएँ। सबै मानिसहरूले त्यसो गर्न सक्दैनन जसका कारण हिँडेर भए पनि यात्रा गर्नु पर्ने बाध्यता छ।" विभिन्न सडक अवरुद्ध हुँदा दशैँका यात्रुलाई सास्ती, कहाँकहाँ कहिलेसम्म समस्या हुन सक्छबाढी र पहिरोले बिथोलेका सडकमा चाडपर्वका बेला लाखौँ मानिसको आवतजावत कसरी होला कर्णाली राजमार्गको ठाउँ ठाउँमा जोखिम भएको हुनाले आफन्तहरू घरमा नपुग्दासम्म पीडा भोग्नु परिरहेको जुम्लाको तिला गाउँपालिका ४ की जानकी शाहीले बताइन्। "कमाइ तथा पढाइको लागि छोराछोरी घरबाहिर थिए। वर्ष दिनको चाड मनाउन घर आउँछन्। उनीहरू घर नआइपुगेसम्म धेरै पीडा हुन्छ," उनले भनिन्।यसअघि फुलपातीको दिन मुगुमा भएको दुर्घटनाले मन झस्किरहन्छ BBC यसअघि मुगुमा फूलपातीको दिनमा भएको यात्रुवाहक बस दुर्घटना सम्झेर दशैँ आए पनि मनमा कहिल्यै रमाइलो नहुने गरेको मुगु बासीहरू बताउँछन्। उनीहरू भन्छन्, "दशैँ मनाउनकै लागि देश तथा विदेशबाट आएका आफ्ना आफन्त घर पुग्न नपाउँदै ज्यान गुमाउँदाको पीडा कहिल्यै बिर्सन नसक्ने भएर मनमा गढिरहेको छ।" उक्त दुर्घटनामा आफ्नो छोरा गुमाएका दानबहादुर बुढा भन्छन्, "दशैँ तिहार जस्ता चाडपर्वको बेला हुने ठूला दुर्घटनाले बेला बेलामा मन झस्काइरहन्छ।"विक्रम संवत् २०७८ साल असोज २६ गते मुगु पुगिसकेको यात्रुवाहक बस घर नजिकै दुर्घटना हुँदा ३३ जना मुगुवासीले ज्यान गुमाएका थिए। त्यस दुर्घटनामा उनका २२ वर्षको छोरा प्रकाशले ज्यान गुमाएको कुराले उनलाई सताइरहन्छ। ‘बोनसमा जिन्दगी’ पाएका एक युवा जो कान सुन्दैनन् तर लोकसेवामा एक नम्बरी‘भूतलाई अलमल्याउन’ हुम्लामा मनाइने अनौठो खालको चैतलो पर्व काठमाण्डू पढ्न गएको छोरा दशैँको फूलपातीको दिनमा घर नजिकै आएर ज्यान गुमाउँदाको पीडा शब्दमा बयान गर्न नसकिने उनी बताउँछन्। लोकसेवा आयोगको तयारीका लागि काठमाण्डू गएको छोरा दशैँको बेला घर नआएको भए यस्तो हुँदैनथ्यो कि जस्तो अनुभव अहिले पनि हुने उनी बताउँछन्।दुर्घटनामा चालकदेखि यात्रुसम्म सबै मुगु जिल्लाकै थिए। त्यो दुर्घटनामा ५ जना महिला र अन्य सबै पुरुषहरूको ज्यान गएको थियो।सडक दुर्घटनाका कारणकर्णाली राजमार्गको साँघुरो सडक, सवारीसाधनको अवस्था र क्षमताभन्दा बढी यात्रुहरू राख्नु र कतिपय चालकहरूले मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटनाको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए।चालकहरूले मदिरा सेवन गरेर सवारी चलाउने गरेका कारण पनि जाँचमा कडाइ गरिएको छ। चाडपर्वलाई लक्षित गरेर नागरिक सहायता कक्षको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्ला सदरमुकाम खलङ्गासम्मको खण्ड हेर्दा दैलेखको एसमोड, गगने खोला, पिली, बिर्तामोड र नाग्म गमगढी सडक खण्डको भुलभुले भन्ने ठाउँमा जोखिम रहेको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख इन्जिनियर श्रवण कुमार महतराले बताए।उनले भने, "जोखिम भएको क्षेत्रमा पहिरो पन्छाउनको लागि आवश्यक औजार सहितको व्यवस्था गरिएको छ। तर कहिलेकाहीँ हामीलाई पनि समस्या हुन्छ, कालिकोट खण्डमा भिरालो जमिन भएको हुनाले सडक नै भासिने हुँदा ढिलाइ हुने गरेको छ।""कहिले मशिन बिग्रेपछि बनाउने ठाउँ नहुँदा नेपालगञ्ज पठाउँदा समेत ढिलाइ हुने गर्छ। यसको लागि राज्यले ठाउँ ठाउँमा सवारी तथा सडक बनाउनको लागि आवश्यक पर्ने मशिन मर्मतको व्यवस्था गर्न आवश्यक छ।" नेपालको यस्तो ठाउँ जहाँ खाल्डो खनेर अनाज भण्डारण गरिन्छकर्णालीमा घरका मूल ढोका र मन्दिरमा किन भेडाका आकृति कुँदिन्छन्? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


