Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यमान आवश्यकतालाई विधेयकले समेट्ने प्रयास गरेको बताए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्रलाई परम्परागत रूपमा मनोरञ्जनको साधनका रूपमा मात्र बुझ्ने गरिएको भए पनि पछिल्लो समय यो उद्योगका रूपमा विकास भइसकेको उल्लेख गरे । चलचित्रको माध्यम, स्वरूप, प्रविधि र योगदानको दायरा विस्तार हुँदै गएको अवस्थामा पुरानो कानुनले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । ‘चलचित्रमा नयाँ प्रविधि आएका छन् । चलचित्र के हो भन्ने बुझाइ नै परिवर्तन भएको छ । चलचित्र मनोरञ्जनको साधन मात्र नभई उद्योगका रूपमा विकास हुन थालेको छ । यसले योगदान गर्ने क्षेत्रको दायरा पनि बढेको छ’, उनले भने । चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इतिहासकै बिर्सनलायक कोप, कुनै सम्झौता हुन सकेन
Latest NewsJust now

इतिहासकै बिर्सनलायक कोप, कुनै सम्झौता हुन सकेन

दुई साताभन्दा लामो समयसम्म चलेको वार्तालाई सार्थक बनाउन निर्धारित समयभन्दा दुई दिन थप लम्ब्याइएको थियो । जसकारण यो इतिहासकै सबैभन्दा लामो ‘कोप’ बन्यो । तर पनि अन्त्यमा कुनै सहमति जुट्न सकेन ...

कान्तिपुर
आदित्यनाथले भने : रेल सेवाले दुई धार्मिक स्थललाई जोड्यो
Latest NewsJust now

आदित्यनाथले भने : रेल सेवाले दुई धार्मिक स्थललाई जोड्यो

काठमाडौँ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय रेलमार्फत दुई महत्त्वपूर्ण धार्मिक स्थललाई जोड्ने काम भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले के-के पायो?
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालले के-के पायो?

प्रधानमन्त्री वालेन्द्र शाह बहुप्रतिक्षित भारत भ्रमणबाट आर्थिक प्याकेजमा ठूलो प्रतिवद्धताबाहेक अन्य सामान्य उपलब्धि लिएर फर्किने भएका छन्।  समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार दिउँसो नयाँदिल्ली स्थित हैदराबाद हाउसमा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि दुई देशको प्रतिनिधि मण्डलस्तरीय बैठक भएको थियो। ब... ...

नेपालखबर
नेपाल-भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने प्रधानमन्त्री शाहको जोड
Latest NewsJust now

नेपाल-भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने प्रधानमन्त्री शाहको जोड

नयाँदिल्ली। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिए। भगवान् ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement