Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको पहिरो दिउँसो १ बजेसम्म हटाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको पहिरो दिउँसो १ बजेसम्म हटाइने
Photo / Coverage: नेपालन्युज

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ। पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ। काठमाडौंतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ। सडक केही सफा भएपछि काठमाडौंतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताए। अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ः०० बजेसम्म सडक सञ्चालनमा आउने बताए। सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ। राति १ः०० बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। पुनः बिहान ५ः०० बजे पहिरो खसेपछि काठमाडौँतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो। मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिए। पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ। सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा युवा खेलाडीले भने समर्थकहरूमा नयाँ आशा... ...

रातोपाटी
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ
Latest NewsJust now

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ । ...

कान्तिपुर
रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल
Latest NewsJust now

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रसुवा । भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त श्रमदानमा ३ दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो । विपद्को कठिन घडीमा ...

कर्पोरट खबर
बसको ठक्करबाट एक जनाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट एक जनाको मृत्यु

• कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। • लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको हो। • दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई कपिलवस्तु अस्पतालमा लगिएको थियो, जहाँ मृत्यु भएको घोषणा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play