Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु

Share:WhatsAppFacebookX (Twitter)Telegram
घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु
Photo / Coverage: नेपालन्युज

चितवन।जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ। यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन्। वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदै आएको छ। बर्षातको समयमा भने बाटो बिग्रने भएकाले निकुञ्जले जङ्गल सफारी बन्द गर्दै आएको छ। दसैँअघि निकुञ्जभित्रका सडक मर्मत सकेर जीप सफारी सञ्चालनमा आउने ल्याइने गरिएको छ। निकुञ्जले यस वर्ष बाटोसँगै घाँसेमैदानको व्यवस्थापनको काम पनि अघि बढाएको छ। त्यस कार्यले निकुञ्जभित्र जीपमा सफारी गर्नेले टाढा–टाढासम्मका वन्यजन्तु हेर्न सहज भएको छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार यस पटक जीप सफारी सुरु गरिँदा बाटो छेउका ८५ हेक्टर घाँसेमैदान सफा गरिसकिएको छ। उनका अनुसार पहिलो प्राथमिकता जीप सफारी गर्ने बाटो छेउका घाँसेमैदानलाई दिइएको छ। सूचना अधिकारी तिवारीले भने, “सुरुमा बाटो नजिक सफा गरेर पछि भित्रि ठाउँको घाँसेमैदान व्यवस्थापन गर्दैछौं।” निकुञ्जभित्र सफा भएपछि जीप सफारी गर्नेले दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरी गाई, भालु, मृग प्रजातिका चित्तललगायतका वन्यजन्तु, चरा सजिलै देख्न पाएका छन्। उनले निकुञ्ज घुम्न आउनेले सहजै वन्यजन्तु देख्न पाउन भन्न घाँसेमैदानको काम छिटो सुरु गरिएको बताए। यस वर्ष जीपमा सफारी गर्नेले धेरै वन्यजन्तु देखिएको प्रतिक्रिया दिएको पनि उनले बताए । निकुञ्जको कसराबाट २३ वटा, मेघौलीबाट १३ वटा र सौराहाबाट ३२ वटा जीप निकुञ्जभित्र सेवा दिँदै आएका छन। ती जीपबाट सौराहाबाट कसरा, कसराबाट रिउ खोला किनार सम्म र भित्रि भागमा पर्यटक घुमाउने गरिएको छ। रिउ खोलाको पानी नघटेकाले नवलपरासी तिरबाट भने जीप छिर्न सकेका छैनन्। छिट्टै रिउ खोलामा बाटो बनाएर अमलटारीसम्म जीप पुर्‍याइने तिवारीको भनाइ छ। चितवन निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ। यहाँ सन् २०२५ को गणना अनुसार १४५ वटा पाटेबाघ छन्। देशभर यसको संख्या ४२९ छ। यस्तै एक सिङ्गे गैँडा यहाँ ६९४ वटा छन्। देशभर गैँडाको संख्या ७५२ रहेको छ। पाँच वर्षयता गैँडाको गणना नभएकाले यसको संख्या बढेको अनुमान छ। निकुञ्ज घुम्ने अधिकांश पर्यटकले गैँडालगायतका वन्यजन्तु सहजै देख्न सक्छन् भने कहिलेकाहीँ बाघ समेत देख्ने गरिएको छ। निकुञ्जमा बाघ देख्नेलाई भाग्यमानी समेत भन्ने गरिएको छ। निकुञ्ज बाहिरका सामुदायिक वनमा समेत जीप र हात्ती सफारी गरिँदै आएको छ। चितवनमा पर्यटक डुङ्गा र पैदलका माध्यमबाट पनि निकुञ्ज घुम्ने गरेको पाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डार्थ भेडरको ऐतिहासिक लाइटसेबरले तोड्यो ‘स्टार वार्स’ का सामग्री लिलामीको विश्व कीर्तिमान
Latest NewsJust now

डार्थ भेडरको ऐतिहासिक लाइटसेबरले तोड्यो ‘स्टार वार्स’ का सामग्री लिलामीको विश्व कीर्तिमान

डालास । चर्चित चलचित्र शृङ्खला ‘स्टार वार्स’ का खलनायक डार्थ भेडरले चलाएको ‘लाइटसेबर’ बिहीबार अमेरिकाको डालासस्थित एक लिलामी घरमा ४८ लाख ७० हजार अमेरिकी डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ... ...

रातोपाटी
लागातार तीन दिन सार्वजनिक बिदा
Latest NewsJust now

लागातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं।सरकारले छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै थप एक दिन सार्वजनिक बिदा दिने जनाएको हो। यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा बिदा दिएको थियो। छठमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप बिदा दिइएको मन्त्रालयले जनाएको ...

नेपालन्युज
बिदापछि अघि बढाइँदैछ न्यायाधीशमाथिको महाअभियोग, यस्ता छन् बिगतका प्रकरण र नजिर ?
Latest NewsJust now

बिदापछि अघि बढाइँदैछ न्यायाधीशमाथिको महाअभियोग, यस्ता छन् बिगतका प्रकरण र नजिर ?

• सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको प्रक्रिया अघि बढाउने तयारीमा सत्तारुढ दल रास्वपाले विपक्षी दलहरूसँग परामर्श गरिरहेको छ। • बिचौलिया इनम सापकोटासँगको विवादपछि न्यायाधीशहरूमाथि गम्भीर आरोप लागेका छन्, जसले न्यायालयप्रति सर्वसाधारणको विश्वासमा कमी ल्याएको छ। • महाअभियोग प्रस्तावको इतिहासमा कुनै प्रधानन्यायाधीश वा न्यायाधीशविरुद्धको प्रस्ताव संसदबाट पारित भएको छैन, तर रास्वपाले यसपटक संवैधानिक प्रक्रियामा अघि बढ्नुपर्ने बताएकाे छ। ...

नेपालबहस
गो हेलि नेपालद्वारा नेपालमा हेलिकप्टर बुकिङ र सेवा पहुँचलाई सहज बनाउने पहल
Latest NewsJust now

गो हेलि नेपालद्वारा नेपालमा हेलिकप्टर बुकिङ र सेवा पहुँचलाई सहज बनाउने पहल

काठमाडौं। नेपालमा हेलिकप्टर उडान हिमालको सुन्दर दृश्य हेर्ने माध्यम मात्र होइन। यसले दुर्गम गन्तव्यसम्म पुग्न, यात्राका विभिन्न स्थानहरूबीच छिटो सम्पर्क स्थापित गर्न, महत्वपूर्ण समय बचत गर्न तथा सडक पहुँच सीमित भएको अवस्थामा आकस्मिक मेडिकल ट्रान्सपोर्ट र आपत्कालीन उद्धारमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर, विशेषगरी नेपाल घुम्न आउने विदेशी पर्यटक तथा ट्राभल व्यवसायीहरूका लागि उपयुक्त हेलिकप्टर सेवा खोज्ने, विभिन्न विकल्प र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play