ग्वालियरको मन्दिरमा ट्रक दुर्घटना हुँदा १५ को मृत्यु

ग्वालियर (भारत) । भारतको मध्य प्रदेश प्रान्तको ग्वालियरस्थित ऐतिहासिक १२५ वर्ष पुरानो शीतला माता मन्दिर परिसरबाहिर आइतबार भएको भयानक ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने २५ भन्दा बढी श्रद्धालु घाइते भएका छन्। पूजाका लागि मन्दिरबाहिर उभिएका भक्तजनहरूको भिडमा तीव्र गतिमा आएको अनियन्त्रित ट्रक पसेपछि उक्त दुर्घटना भएको हो। समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार प्रहरीले चालकले मदिरा सेवन गरे/नगरेको, गुगल म्याप्सले देखाएको ‘सर्टकट’ रुट पछ्याउँदा दुर्घटना भएको हो कि भन्ने विषय र प्रहरी चेकपोस्टको गम्भीर लापरवाहीबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार धान लोड गरिएका दुईवटा ट्रक ठूला तथा भारी सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको सडकमा छिरेका थिए। नियमविपरीत ती ओभरलोड ट्रकहरूले उक्त प्रतिबन्धित मार्गमा करिब ७ किलोमिटर यात्रा गरिसकेपछि एउटा ट्रक मन्दिर नजिक पुगेर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनालगत्तै घटनास्थलबाट फरार भएका चालक दिल्ली निवासी बिल्बाग सिंहलाई प्रहरीले केही घण्टामै नियन्त्रणमा लिएको छ। झांसी रोड थानाका कार्यवाहक प्रमुख आशिष शर्माका अनुसार चालक सिंह मन्दिर नजिकै डराएर अवस्थामा लुकिरहेको फेला परेका थिए। चालकमाथि मदिरा परीक्षण गर्नुका साथै घटनाबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि नोक्सानी
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। कोप–३१ यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुँदैछ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए ... ...

सेनाले आरुघाटमा बेलीब्रिज निर्माण गरी गर्यो हस्तान्तरण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २ गते । नेपाली सेनाले धादिङ र गोरखालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा बेलीब्रिज जडान गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। अ... ...

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरको दर्शन, तस्बिरहरू
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा सोमबार काठमाडौँको मैतीदेवी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्नुका साथै... ...
![शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/NP_KTM_DSC04771_6ieWEhFh5C.jpg)
शक्तिपीठको दर्शनमा राष्ट्रपति पौडेल [तस्बिरहरू]
राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम ...


