ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ ।चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ ।सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ ।फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

फारसको खाडीमा तेल ओसारपसार गरिरहेका ४ जहाजहरूमा इरानको आक्रमण
५ कात्तिक, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको छ। इरानले अस्वीकार गरेको स्ट्रेट अफ हर्मुजको मार्ग प्रयोग गरेपछि ती जहाजहरूलाई निशाना बनाइएको थियो। यस रणनीतिक जलमार्गमा इरानी नियन्त्रण र आक्रमणबाट बच्नका लागि व्यापारिक जहाजहरूले एक जहाजबाट अर्को जहाजमा कार्गो ओसारपसार… ...

सरकारी सेवासँगै लिम्बूको साहसिक यात्रा, आफ्नै खर्चमा पुगे मेरापिक चुचुरो
सरकारी कर्मचारीको मुख्य जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासका अवसरलाई महत्त्व दिन सके त्यसबाट प्राप्त अनुभव व्यावसायिक जीवनमा समेत उपयोगी हुन सक्ने लिम्बूको भनाइ छ । ...

७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई
प्रतिवेदनले एआई टुलको प्रयोग साधारण भिडियो सम्पादनमा मात्र सीमित नरहेर नयाँ रचनात्मक संसार निर्माण गर्नसमेत भइरहेको देखाएको छ। ...

असनमा कुभिन्डो का*टेर मनाइयो खड्ग जात्रा
५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्। काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा विधिपूर्वक पूजा गरेपछि समुदायका सदस्यले कुभिन्डोमा बनाइएको दैत्यको चित्र काटेका थिए। त्यसपछि आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिँदै बाजागाजासहित खड्ग जात्रालाई टोल परिक्रमा गराइएको थियो।… ...