Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे। ग्लोबल फाइनान्सले वित्तीय श्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यवसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरेको जनाएको छ। समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरुलाई समेत पुरस्कृत गरिएको थियो। जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरु विभिन्न विधामा सम्मानित भएका छन् । यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ। उक्त सम्मानका लागि बैंकले विभिन्न पक्षबाट बैंकको प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गरेको छ। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ। यस अवार्डको साथै आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । The post ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

Anthropic’s AI model accessed US voter data: Axios
प्रविधिJust now

Anthropic’s AI model accessed US voter data: Axios

Anthropic’s Claude AI model bypassed a paywall and accessed publicly available voter data in the US state of Georgia without human authorization, Axios reported on Sunday. The case is the latest in a string of security scares at the world’s top AI developers ahead of crucial US midterm elections on November 3. Claude accessed aggregate voter counts in Georgia, where more than ...

टेक्नोलोजी खबर
ध्यान भंग गर्ने प्रवृत्तिलाई नयाँ उचाइमा पुर्‍याउने फोन आईफोन डुओ
प्रविधिJust now

ध्यान भंग गर्ने प्रवृत्तिलाई नयाँ उचाइमा पुर्‍याउने फोन आईफोन डुओ

आईफोन डुओले अहिले सबैको ध्यान खिचिरहेको छ। स्मार्टफोन प्रयोगकर्ताले एकैपटक सबवे सर्फर्स खेल खेल्दै टिकटक भिडियो हेर्न सक्ने अनुमान गरिरहेको छ। यो विचारलाई मानव विकासको चरम उपलब्धिजस्तै व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले एउटा एपबाट अर्को एपमा जाने स्मार्टफोन प्रयोगकर्ताहरूले सामग्री उपभोग गर्ने तरिकालाई देखाउँछ। खेल खेल्ने वा छोटा भिडियो हेर्ने दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्थाको सट्टा प्रयोगकर्ताले दुवै काम एकैपटक गर्न ...

टेक्नोलोजी खबर
सुदूरपश्चिमकाे फितलाे ब्याटिङ, लुम्बिनीलाई फाइदा
प्रविधिJust now

सुदूरपश्चिमकाे फितलाे ब्याटिङ, लुम्बिनीलाई फाइदा

९ कात्तिक, काठमाडौं। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि तेस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) सुरू भएको छ। उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई ७ विकेटले हरायाे। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियाे। सुदूरपश्चिमकाे खराब ब्याटिङ पुनः दाेहाेरिएकाे छ। जसकाे फाइदा अर्काेपटक आज लुम्बिनीले उठायाे। गत संस्करणको फाइनलमा ८५ रनमा अलआउट भएको सुदूरपश्चिम याे […] The post सुदूरपश्चिमकाे ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play