Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो । बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो । आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ । यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । The post ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नदीजन्य उद्दार सामाग्री परीक्षण
Latest NewsJust now

नदीजन्य उद्दार सामाग्री परीक्षण

• बागलुङमा नदीजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार कार्यका लागि आधुनिक उद्धार डुङ्गा र सामग्रीको परीक्षण भइरहेको छ। • रु सातलाख खर्च गरेर जुटाइएका सामग्री सशस्त्र प्रहरी गुल्म बागलुङले विपद्को समयमा प्रयोग गर्नेछ। • विभिन्न सङ्घसंस्थाको सहयोगमा यी सामग्रीहरू खरिद गरिएको हो। ...

नेपालबहस
नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण

मोहसिन अलीभरतपुर, मङ्सिर १० गते । चीनको चोङछिङबाट प्राप्त कृषि प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण खेती सफल भएको छ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्या... ...

गोरखापत्र
इरानसँग रुस र चीन कम संलग्न रहेको  ट्रम्पको भनाइ
Latest NewsJust now

इरानसँग रुस र चीन कम संलग्न रहेको ट्रम्पको भनाइ

पाम बिच, संयुक्त राज्य अमेरिका, मङ्सिर ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँ... ...

गोरखापत्र
नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता
Latest NewsJust now

नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र समावेशी बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा यस्तो प्रतिबद्धता दोहोर्‍याएको हो । ‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ नारासहित आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकार, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement