Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो । बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो । आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदैै आइरहेको छ । यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम सेमिफाइनलमा
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम सेमिफाइनलमा

धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३९–१६ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। योसँगै... ...

रातोपाटी
करोडौँका योजना अलपत्र, उपचारका लागि हेलिकोप्टरको भर
Latest NewsJust now

करोडौँका योजना अलपत्र, उपचारका लागि हेलिकोप्टरको भर

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले गाउँमै अस्पताल बनोस् र स्थानीयले उपचारका लागि टाढा धाउन नपरोस् भनेर आफ्नो जग्गा निःशुल्क दिए । उनी जस्तै अरू स्थानीयले पनि अस्पताल... ...

रातोपाटी
महिला बास्केटबलमा सुदूरपश्चिम पहिलो पटक सेमिफाइनलमा
Latest NewsJust now

महिला बास्केटबलमा सुदूरपश्चिम पहिलो पटक सेमिफाइनलमा

धनगढी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनलमा लुम्बिनी प्रदेशलाई ३९–१६ अंकले पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको... ...

रातोपाटी
वीरगञ्जको क्यासिनोबाट १२ जना नेपाली पक्राउ
Latest NewsJust now

वीरगञ्जको क्यासिनोबाट १२ जना नेपाली पक्राउ

दीपक गौतम वीरगञ्ज (पर्सा), मङ्सिर ११ गते । पर्सा प्रहरीले शुक्रबार राति वीरगञ्ज–१० मा रहेको एक क्यासिनोमा प्रवेश गरी जुवा खेल्ने तथा खेलाउने कार्य गर्दै गरेका १२ जना नेपालीहरूलाई प... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement