Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय भवन उत्तरढोकामा बन्ने, लागत ३ अर्ब

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय भवन उत्तरढोकामा बन्ने, लागत ३ अर्ब
Photo / Coverage: टक्सार

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर शुक्रबार प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरेका छन् । करिब १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने भवन तीन वर्षभित्र सम्पन्न गर्ने बैंकको लक्ष्य छ। भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ। शिलान्यास कार्यक्रममा अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी क्षेत्रफल भएको र अत्याधुनिक सुविधासम्पन्न केन्द्रीय कार्यालयमध्ये एक बन्ने विश्वास व्यक्त गरे। काठमाडौंको प्राइम लोकेसन उत्तरढोकामा निर्माण हुन लागेको भवन भविष्यमा आइकनिक संरचनाका रूपमा स्थापित हुने उनको भनाइ छ। ढकालले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगकै कारण काठमाडौंको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताए। आगामी दिनमा पनि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, आम नागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको विश्वास, माया र शुभेच्छाका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताए। हाल बैंकका केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनिबाट सञ्चालन गर्न सकिने उनले जानकारी दिए। रेग्मीका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक हुनेछ। नयाँ भवनबाट बैंकका केन्द्रीय स्तरका विभागहरूको कार्यसम्पादन थप व्यवस्थित, प्रभावकारी र सहज हुने बैंकको अपेक्षा छ। बैंकले नयाँ भवन निर्माणलाई संस्थागत पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण योजनाका रूपमा लिएको छ। ग्राहकको विश्वास र सहयोगलाई आफ्नो सफलताको आधार मान्दै आगामी दिनमा आधुनिक पूर्वाधार निर्माण तथा गुणस्तरीय बैंकिङ सेवा विस्तारलाई प्राथमिकता दिने बैंकले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा
Latest NewsJust now

राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल आएका छन्।  शनिबार काठमाडौंको होटल हिमालयमा ‘नेसनल एआई समिट २०२६’ आयोजना हुँदै छ। सम्मेलनमा सहभागी हुनका लागि उनी काठमाडौं आइपुगेका हुन्।  निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्... ...

नेपालखबर
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
Latest NewsJust now

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ, कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थ... ...

गोरखापत्र
वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
Latest NewsJust now

वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) मा बदमासी गर्ने प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ओखलढुंगाको लिखु गाँउपालिका वडा नं ९ स्थित पोकलीमा ०७५–०७६ र आव २०७६–०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको तथ्यपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका […] ...

लोकपथ
बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार
Latest NewsJust now

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

ढाका । म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play