Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तारण गरेका थिए । ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरेको जनाएको छ । समारोहमा एसिया-प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई समेत पुरस्कृत गरिएको थियो । जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इण्डिया, चीनको आइसिबिसी, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको युओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एमयुएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरू विभिन्न विधामा सम्मानित भएका छन् । सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बैंकले जनाएको छ । उक्त सम्मानका लागि बैंकले विभिन्न पक्षबाट बैंकको प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गरेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

घट्यो कुखुराको मासुको भाउ
ताजा खबरJust now

घट्यो कुखुराको मासुको भाउ

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । दसैँ सकिएसँगै बजारमा कुखुराको मासुको मूल्य घटेको छ । खपत घटेको भन्दै व्यवसायीले कुखुराको मासुको मूल्य घटाएका हुन् । सोमबारदेखि लागु ह... ...

गोरखापत्र
लियोनलाई हराएर पीएसजी शीर्षमा
ताजा खबरJust now

लियोनलाई हराएर पीएसजी शीर्षमा

मिक गोडट्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता गरेको पहिलो गोलको मदतले युरोपेली च्याम्पियन सोमबार लियोनमाथि २–० को जित रच्दै फ्रान्सेल लिग वानको शीर्ष स्थानमा उक्लेको छ । ...

कान्तिपुर
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
ताजा खबरJust now

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध

आज बिहान ६:३० बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play