ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ । निगमले ग्यास बिक्री वितरणमा बिल जारी नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले यसअघि २०८१ वैशाख ३० र २०८१ कात्तिक १० गते पनि निर्णय कार्यान्वयनका सम्बन्धमा सम्बन्धित संघसंस्थालाई पत्राचार गरिएको स्मरण गराइएको छ । पत्रमा निगमबाट नियुक्त केही विक्रेताले ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगर्ने गरेको गुनासो आएको उल्लेख छ । त्यसैले विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ । निगमका निर्देशक विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउन तथा बिल जारी गर्ने व्यवस्थाको पालना सुनिश्चित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ । The post ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अर्घाबाट उठेको सराय, पुस्तौंदेखि उस्तै उमंग
हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ । ...

दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश
अमेरिकी कांग्रेसको एक प्रतिनिधिमण्डलले भारतको धर्मशालामा दलाई लामालाई कात्तिक ४ गते भेट्यो। लगत्तै त्यो टोली कात्तिक ५ मा प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेट्न भुटान पुग्यो। र, भुटान एयरलाइन्सको चार्टर्ड उडान बी ३७७१० मार्फत कात्तिक ६ गते पारोबाट १६ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ ओर्लियो। दक्षिण एसियाका हिमाली राज्यहरू नेपाल, भुटान र भारतको हिमाचल प्रदेशको भ्रमणमा निस्किए... ...

चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन आग्रह
खेमराज सापकोटा रानी(मोरङ) कात्तिक ९ गते । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई नेपालमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्या... ...

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल
दाङ । घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम... ...


