सामसङले आफ्नो नयाँ ट्रयाकिङ डिभाइस ग्यालेक्सी स्मार्टट्याट३ मा प्रयोग गरिएको प्रविधिबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ। यसमा गरिएको मुख्य सुधार कम्पास भ्यु हो। यसले ब्लुटुथ ६.० च्यानल साउन्डिङ प्रविधिको प्रयोग गरी ६० मिटरसम्मको दुरीमा रहेको स्मार्टट्यागको दुरी देखाउन सक्छ। यो स्मार्टट्याग२ को तुलनामा झण्डै तीन गुणा बढी दुरी हो। ब्लुटुथ लो इनर्जी प्रविधिले सिग्नलको आधारमा उपकरणको नजिक वा टाढा रहेको अनुमान गर्छ तर च्यानल साउन्डिङ प्रविधिले विभिन्न च्यानलमा रेडियो तरङ्गमा प्रसारण समय र चरणमा हुने परिवर्तन मापन गर्छ। यसबाट अझै दुरी सजिलो रुपमा पत्ता लगाउन सकिन्छ। फोन स्मार्टट्यागको २० मिटरको दुरीभित्र पुगेपछि थप यथार्थताका लागि यूडब्लुबी प्रविधि सक्रिय हुन्छ। च्यानल साउन्डिङ प्रविधि हाल ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, जेड फोल्ड८ एस२६ अल्ट्रा र एस २६ प्लस मोडलमा मात्र उपलब्ध रहेको छ। स्मार्टट्याग फोनको ब्लुटुथ पहुँचभन्दा बाहिर पुगेमा यसले ग्यालेक्सी फाइन्ड नेटवर्कको सहयोग लिन्छ। यो नेटवर्कमा ९० करोडभन्दा बढी ग्यालेक्सी डिभाइस संलग्न छन्। ती उपकरणले स्मार्टट्यागबाट प्राप्त सिग्नललाई प्रयोगकर्ताको पहिचान गोप्य राख्दै स्मार्टथिङ्स सर्भरसम्म पुर्याउछन्। लेकेसन हिस्ट्री मार्फत प्रयोगकर्ताले पछिल्लो सात दिनमा स्मार्टट्याग पत्ता लागेको स्थान नक्सामा क्रमबद्ध रुपमा हेर्न सक्छन्। सात दिनभन्दा पुरानो विवरण भने हट्ने छ। सामसङका अनुसार प्रत्येक डिभाइसका लागि छुट्टै प्राइभेट की प्रयोग गरी स्थानसम्बन्धी विवरण इन्क्रिप्ट गरिन्छ। यसले गर्दा उक्त विवरण डिभाइसको वास्तविक धनीले मात्र हेर्न सक्छन्। सामसङको खाता सर्भर वा सिग्नल पहिचान गर्न सहयोग गर्ने अन्य डिभाइसले समेत यस्तो विवरणमा पहुँच पाउँदैनन्। स्मार्टथिङ्स एपको अर्को नयाँ सुविधा पनि थपिएको छ। यसअघि स्मार्टथिङ्स स्टेसनमा मात्रै उपलब्ध नोटिफाइ ह्वेन अराइभिङ अर लिभिङ सुविधा अव स्मार्टहोम हब र हब सुविधा जडित सामसङ टिभी समेत उपलब्ध हुनेछ। यस सुविधा मार्फत स्मार्टट्याग३ जडान गरिएको जनावर वा अन्य वस्तु घरभित्र प्रवेश गर्दा वा बाहिर निस्कदा प्रयोगकर्ताले सुचना प्राप्त गर्न सक्छन्। हबले स्मार्टट्यागको सिग्नल प्राप्त गरिरहेको छ वा छैन भन्ने आधारमा सिस्टमले स्थान पहिचान गर्ने भएकाले भवनभित्रको वास्तविक स्थान पत्ता लगाउन कठिन हुने जीपीएस प्रविधिभन्दा यो विधि भरपर्दो हुन सक्छ। सामसङले स्मार्टथिङ्स मेम्बरका बढीमा १९ सदस्यसँग स्मार्टट्यागको स्थान निरन्तर साझा गर्न सकिने सुविधा पनि दिएको छ। टेलिग्राफका अनुसार, सामसङ खाता भएका बढीमा पाचँ जनासँग १२ घण्टा, २४ घण्टा वा सात दिनसम्म मान्य रहने स्थानसम्बन्धी लिङ्क साझा गर्न सकिन्छ। यस्तो लिङ्क प्राप्त गर्ने व्यक्तिले स्मार्टथिङ्स एप नै इन्स्टल गर्नुपर्ने बाध्यता भने हुदैन। तर कम्पास भ्यू, रिङ फोन र लेफ्ट बिहाइन्ड अर्लट लगायतका केहि सुविधा भने आईओएस डिभाइसमा उपलब्ध हुने छैनन्। The post ग्यालेक्सी स्मार्टट्याट३ को ट्रयाकिङ क्षमता बढाउने नयाँ प्रविधिबारे सामसङको खुलासा appeared first on Technology Khabar.
ग्यालेक्सी स्मार्टट्याट३ को ट्रयाकिङ क्षमता बढाउने नयाँ प्रविधिबारे सामसङको खुलासा

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






