Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
Photo / Coverage: नेपालन्युज

चितवन । चितवन जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए । रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाउँदै उनले आवश्यक प्रक्रिया पूरा गरी दुई–तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । त्यसपछि तत्काल टेन्डर प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो । रङ्गशालामा ‘फ्लडलाइट’ जडानलाई प्राथमिकतामा राखिएको जनाउँदै मन्त्री लम्सालले आगामी एनपिएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । चौथो संस्करण ‘होम–अवे फम्र्याट’ मा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायत मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो । गौतमबुद्ध रङ्गशालामा एनपिएलको चौथो संस्करणमै खेल सञ्चालन गर्न सकिनेमा मन्त्री लम्साल आशावादी देखिए । आगामी एनपिएलमा गौतमबुद्ध रङ्गशालामा खेल हुने वा नहुने विषय क्यानको निर्णयमा निर्भर रहने मन्त्री लम्सालले स्पष्ट पारे। प्रतियोगिताका खेल विभिन्न मैदानमा विकेन्द्रित गरी तीन–चार वटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन हुनसक्ने उनको भनाइ थियो । रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमा जाने विषय निरीक्षणका क्रममा प्राथमिकतामा परेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जनवरीभित्रै चीन भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, तयारीमा जुट्यो परराष्ट्र
Latest NewsJust now

जनवरीभित्रै चीन भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, तयारीमा जुट्यो परराष्ट्र

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ जनवरी २०२७ भित्रै उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका लागि चीनस्थित नेपाली दूतावास र काठमाण्डुस्थित चिनियाँ दूतावासले आवश्यक तयारी गरिरहेका छन् । चीन भ्रमण गराउन परराष्ट्रमन्त्री, परराष्ट्र सचिव लगायत मन्त्रालयले पनि तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनले हालै भारत भ्रमण गरिसकेका […] ...

काठमाण्डुपाटी
चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्री शाहको चीन भ्रमणको तयारी
Latest NewsJust now

चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्री शाहको चीन भ्रमणको तयारी

परराष्ट्र मन्त्रालयका अधिकारी र मन्त्रीहरूले बेइजिङले प्रस्ताव गर्ने मितिअनुसार भ्रमण जनवरीमै हुन सक्ने संकेत गरेका छन्। ...

कान्तिपुर
बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
Latest NewsJust now

बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी

बर्दिया, मङ्सिर १२ गते । भूमि प्रशासनसम्बन्धी सेवा नागरिकलाई आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने सरकारी नीतिअनुसार बर्दियामा सेवा विस्तारको तयारी तीव्र पारिएको छ । जिल्लाका आठ स्थानी... ...

गोरखापत्र
श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित
Latest NewsJust now

श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित

'नुल' का संस्थापक देश बालासुब्रमण्यमले 'ट्रस्टबिल्डर अफ द इयर' को अवार्डस् जिते। श्रीलङ्कामा जन्मिएर मानवीय शरणार्थीका रूपमा न्युजिल्यान्ड पुगेका उनले १,००० किलोमिटर लामो 'शान्ति यात्रा' (पिस राइड) गरिरहेका छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement