‘गौँथली’लाई ‘वेष्ट फरेन सिनेमा’ अवार्ड

काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ले फ्रान्सको कान्समा आयोजित ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘वेष्ट फरेन सिनेमा’ अवार्ड जितेको छ । अवार्ड जितेपछि चलचित्रका निर्देशक डा.कपिल रिजालले खुशी व्यक्त गर्दै यसलाई २५ वर्षअघि आफ्ना बुवा डा.भोला रिजालले निर्माण गरेको गीति फिल्म ‘गौँथली’को विरासतलाई नयाँ पुस्तामाझ पुर्याउने प्रयासको उपलब्धिका रूपमा व्याख्या गर्नुभएको छ । निर्माता सुमन गिरीले पनि चलचित्रले गौरवमय इतिहास बनाएको बताउनुभएको छ । प्रदर्शनको सय दिन पूरा गरिसकेको ‘गौँथली’ले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको छ । यससँगै चलचित्र नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा हुनुहुन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र
घोराही समाचारदाता घोराही, कात्तिक १३ गते । दाङको धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रकुने दहको प्रवर्धन योजना अलपत्र परेको छ । पाँच वर्षअघि गुरुयोजना तयार गरी बाह्रकुने दहलाई जिल्लाक... ...

भुटानमा हिमताल फुट्यो : भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट'
काठमाडौँ । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ। बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता... ...

सडक कालोपत्रे हुँदै
रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), कात्तिक १३ गते । तराईलाई हिमालसँग जोड्ने सालझन्डी–ढोरपाटन सडक धमाधम कालोपत्रे भइरहेको छ । यो सडक रुपन्देहीको सालझन्डीदेखि बागलुङ ढोरपाटनसम्म १... ...

कहाँ गए सईदेखि परिचरसम्मका सात जना सशस्त्रका कर्मचारी ? सम्पर्कमा नआए कारबाहीको चेतावनी
काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना नायव निरीक्षक (सई) सहित सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । हाजिर नभए कारबाही गर्ने चेतावनी दिइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका […] ...


