Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

गोल्डकप फुटबल पुस ४ देखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोल्डकप फुटबल पुस ४ देखि
Photo / Coverage: केन्द्रबिन्दु

बेलबारी (मोरङ) । आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट युथ क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा भारतका समेत आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब (बेलबारी–११) सहित भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल पुलिस क्लब (काठमाडौँ), भोजपुर जिल्ला फुटबल सङ्घ (भोजपुर), थ्री स्टार क्लब (काठमाडौँ), साविक विजेता प्लानिङ ब्वाइज क्लब (काठमाडौँ) र रेड स्टार फुटबल क्लब (बिर्तामोड) ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा हुने छ । राष्ट्रियस्तरका ‘ए’ डिभिजन क्लबहरू र भारतीय टिमको समेत सहभागिता रहने भएकाले यसपटकको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने प्रतियोगिता आयोजक क्लबका अध्यक्ष विक्रम बान्तवाले जानकारी दिए । आठौँ संस्करणको फाइनलमा सहलेस युवा क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि उचालेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पत्रकारका आँखामा गण्डकीका अनेक रङ
Latest NewsJust now

पत्रकारका आँखामा गण्डकीका अनेक रङ

गण्डकीका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय गन्तव्यदेखि ओझेलमा परेका भूगोलसम्मलाई ‘गण्डकीका शालग्राम’ले समेटेको छ । हिमाल र पहाडप्रति मिथिलावासी लेखकको अनुराग तथा तिनको सौन्दर्य नियाल्ने दृष्टि भने विशिष्ट लाग्छ । ...

कान्तिपुर
बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई
Latest NewsJust now

बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका थिए । शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा... ...

रातोपाटी
कार्टुनिष्ट क्षितिजलाई पितृशोक
Latest NewsJust now

कार्टुनिष्ट क्षितिजलाई पितृशोक

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १२ गते । कार्टूनिस्ट क्लबका अध्यक्ष एवं वरिष्ठ कार्टूनिस्ट बासु क्षितिजलाई पितृशोक परेको छ । उहाँका पिता विष्णुबहादुर श्रेष्ठको ८० वर्षको उमेरम... ...

गोरखापत्र
घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन
Latest NewsJust now

घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन

लमजुङ – गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) नाच घलेगाउँमा प्रदर्शन गरिएको छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन् । गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको नाच […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement