Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गैरदलीय स्थानीय चुनावको माग गर्दै निर्वाचन आयोगमा जानेको लर्को

Share:WhatsAppFacebookX (Twitter)Telegram
गैरदलीय स्थानीय चुनावको माग गर्दै निर्वाचन आयोगमा जानेको लर्को
Photo / Coverage: विश्वखबर

काठमाडौं– स्थानीय निर्वाचनको तिथि तय भएको छैन । तर निर्वाचन आयोगमा भने चहल पहल जस्तै देखिएको छ । स्थानीय निकायमा गैर दलीय चुनावका माग गर्न जानेको लर्को नै लाग्न थालेको छ । गैरदलीय स्थानीय तह निर्माणको माग गर्ने दुई समूहले बिहीबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । ‘स्वतन्त्र नागरिक अभियान’ र ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’को टोली निर्वाचन आयोग पुगेर छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएको हो । बिहान सवा ११ बजेतिर स्वतन्त्र नागरिकको तर्फबाट अध्यक्ष तथा पूर्व पत्रकार ऋषि धमलाको नेतृत्वमा ७/८ जनाको टोली बहादुर भवन पुगेको थियो । उनीहरूले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापन पत्र बुझाएको बताइएको छ । त्यसलगत्तै अभियन्ताहरूको अर्को टोली ज्ञापन पत्र लिएर बहादुर भवन छिरेको थियो । संयोजक दिनेश सुवेदीको नेतृत्वको टोलीमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलब केसीलगायत डेढ दर्जन उपस्थित थिए । उनीहरूले पनि प्रमुख निर्वाचन आयुक्त कार्कीलाई भेटेर गैरदलीय स्थानीय सरकार सुनिश्चितताको माग गर्दै पत्र बुझाएको बताइएको छ । त्यसपश्चात् जमल चोकमा भेला भई र्याली गर्ने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत
Latest NewsJust now

चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले विगत चार महिनाको अवधिमा २७ हजार ५ सय वर्ग मिटर क्षेत्रफल बराबरका सडकका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार... ...

रातोपाटी
काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग
Latest NewsJust now

काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुल्ला गर्ने विषयलाई अगाडि बढाएको छ । बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । सङ्घीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले चौबिसै घण्टा ९२४ घण्टा० सञ्चालन गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी तीव्र पारेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीका सबै बजार ...

कर्पोरट खबर
रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो
Latest NewsJust now

रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो। ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play