Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डेसहित निता बगालेको मृत्यु भएको छ । निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् । छविलाललाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल र बालकृष्णलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ । छविलालको अवस्था गम्भीर रहेको छ भने गोमता र बालकृष्णको अवस्था मध्यम रहेको जनाइएको छ । दुर्घटनापछि उद्धार टोलीले मृतक तथा घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पुर्‍याएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश
ताजा खबरJust now

दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश

अमेरिकी कांग्रेसको एक प्रतिनिधिमण्डलले भारतको धर्मशालामा दलाई लामालाई कात्तिक ४ गते भेट्यो। लगत्तै त्यो टोली कात्तिक ५ मा प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेट्न भुटान पुग्यो। र, भुटान एयरलाइन्सको चार्टर्ड उडान बी ३७७१० मार्फत कात्तिक ६ गते पारोबाट १६ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ ओर्लियो। दक्षिण एसियाका हिमाली राज्यहरू नेपाल, भुटान र भारतको हिमाचल प्रदेशको भ्रमणमा निस्किए... ...

नेपालखबर
चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन आग्रह
ताजा खबरJust now

चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन आग्रह

खेमराज सापकोटा रानी(मोरङ) कात्तिक ९ गते । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई नेपालमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्या... ...

गोरखापत्र
घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल
ताजा खबरJust now

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

दाङ । घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play