काठमाडौं। गुल्मीमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार अनुकूल वातावरणका कारण सुन्तला उत्पादन बढेको हो ।गत वर्ष ६०३ हेक्टर क्षेत्रफलमा पाँच हजार १८ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ६२४ हेक्टर क्षेत्रफलमा पाँच हजार ६१६ मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हालसम्म ८५२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जसमध्ये ६२४ हेक्टर क्षेत्रफलमा लगाइएका सुन्तलाका बोटले अहिले उत्पादन दिन थालेका छन् । जिल्लाका कृषकले हाल सुन्तलाको मूल्य प्रतिकिलो औसतमा ६० रुपियाँ तोकेका छन् । सुन्तलाको सिजन भर्खरै सुरु भएकाले आगामी दिनमा मूल्यमा केही परिवर्तन हुन सक्ने कार्यालयको भनाइ छ । गुल्मीमा उत्पादित सुन्तला स्थानीय बजारमा खपत हुनुका साथै रुपन्देही, नारायणगढ र पोखरा जस्ता सहरमा पनि निर्यात हुने गरेको छ ।
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

Read Complete Original Article
Published originally on नेपालन्युज






