गुगल क्रोम झन स्मार्ट बन्दै

गुगलको वेब ब्राउजर क्रोममा नयाँ अपडेट आउने भएको छ। उक्त अपडेटले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग मार्फत ब्राउजरको अटोमेटिक फारम भर्ने सुबिधालाई अझ प्रभावकारी बनाउनेछ। गुगलका अनुसार क्रोममा यस सुविधाको थप एडभान्स भर्जन उपलब्ध गराइने छ। यसले प्रयोगकर्ताको जीमेल अकाउन्टबाट आवश्यक विवरणहरु संकलन गरी अनलाइन फारम भर्न सहयोग गर्नेछ। यसको अर्थ ब्राउजरले प्रयोगकर्ताका इमेल म्यासेजहरुमा रहेका फ्लाइट पुष्टि नम्बर, सदस्यता नम्बर, ढुवानीको ट्रयाकिङ् जानकारी, अर्डर नम्बर, ठेगाना, फोन नम्बर, तथा क्रेडिट कार्ड जानकारी पहिचान गरी आवश्यक ठाउँमा सुझाव दिन सक्नेछ। यो अपडेट गुगलको पर्सनल इन्टेलिजेन्स फिचरको विस्तार हो। यस फिचरले प्रयोगकर्तालाई आफ्ना एपहरु जेमिनाई एआई सहायक सँग जोड्न अनुमति दिन्छ। यसको माध्यमबाट प्रयोगकर्ताले निश्चित जानकारी खोज्न तथा जटिल प्रश्नहरुको जवाफ प्राप्त गर्न सक्छन्। परिवर्तन सामान्य देखिए पनि क्रोमको प्रयोगलाई थप सहज बनाउन सक्ने अपेक्षा गरिएको छ। अब अर्डर नम्बर वा होटल बुकिङसम्बन्धी विवरण खोज्न एउटा ट्याबबाट अर्को ट्याबमा जानुपर्ने झन्झट हट्नेछ। प्रयोगकर्ताले फाराम भर्दाकै समयमा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। यो सुविधा एप्पलका डिभाइसहरूमा उपलब्ध सुविधासँग मिल्दोजुल्दो छ। गोपनीयताका विषयमा गुगलले संवेदनशील विवरणहरू इन्क्रिप्टेड रहने जनाएको छ। प्रयोगकर्ताले क्रोमको सेटिङमा गएर यो उन्नत सुविधा प्रयोग गर्ने वा नगर्ने निर्णय आफैँ गर्न सक्नेछन्। टेलिग्राफका अनुसार, यो सुविधा हाल अमेरिकामा उपलब्ध गराउन थालिएको छ। कम्प्युटरका साथै आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने उपकरणमा पनि यो सुविधा उपलब्ध हुनेछ। यसको प्रयोग गर्न क्रोममा जेमिनाई सुविधा र‘पर्सनल इन्टेलिजेन्स सक्रिय गरेको हुनुपर्नेछ। The post गुगल क्रोम झन स्मार्ट बन्दै appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने
जनरल मोटर्स (जीएम) ले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी निजी जानकारी गैरकानुनी रूपमा डेटा ब्रोकरहरूलाई बेचेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन ३६ वटा अमेरिकी राज्यलाई २२ करोड डलर तिर्ने भएको छ। सम्झौताअनुसार जीएमले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी डाटा संकलन वा साझेदारी गर्नुअघि उनीहरूको स्पष्ट सहमति लिनुपर्नेछ। यो व्यवस्था कम्पनीले यसअघि क्यालिफोर्निया र अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) सँग गरेको छुट्टाछुट्टै ...

एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित
१४ कात्तिक, काठमाडौं। एनपीएल:विराटनगरकाे पहिलाे जित,सुदूरपश्चिमकाे दाेस्राे हार राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेकाे छ। जितका लागि पाएकाे १०६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्याे। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे। सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ […] The post एनपीएलमा विराटनगरको ...

एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत प्रहार हुने प्रत्येक छक्का र प्रत्येक चौकाबापत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ। एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको ...


