Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

गुगलविरुद्ध मलेसियाको मुद्दा : जुवा र अनलाइन ठगी हटाउन पर्याप्त प्रयास नगरेको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगलविरुद्ध मलेसियाको मुद्दा : जुवा र अनलाइन ठगी हटाउन पर्याप्त प्रयास नगरेको आरोप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले कानूनी दायित्व र इजाजतपत्रका सर्त पालना नगरेको भन्दै दुई छुट्टाछुट्टै मुद्दा अघि बढाएको जनाएको छ । आयोगका अनुसार पहिलो मुद्दा जुवा, अनलाइन ठगी र धोखाधडीसहित हजारौँ हानिकारक सामग्री हटाउन युट्युबले पर्याप्त कारबाही नगरेको विषयसँग सम्बन्धित छ । आयोगले यस वर्ष जनवरी १ देखि अक्टोबर २८ सम्म युट्युबमा रहेका सामग्रीबारे ७३ हजार ७०३ वटा उजुरी दिएको थियो । तीमध्ये अधिकांश अनलाइन जुवासम्बन्धी थिए । आयोगका अनुसार जुवासम्बन्धी उजुरीमध्ये चार हजार ९५० वटामा कुनै प्रतिक्रिया प्राप्त भएन भने थप ३५ वटामा सामग्री हटाउने वा जवाफ दिने प्रक्रियामा ९० दिनभन्दा बढी समय लागेको थियो । त्यस्तै, एक हजार ४६८ उजुरीमा कारबाहीका लागि ३० दिनभन्दा बढी समय लागेको थियो । यस्ता तथ्याङ्कले युट्युबमा हानिकारक सामग्रीको मात्रा र त्यसलाई हटाउन भइरहेको ढिलाइ देखाउने आयोगले जनाएको छ । दोस्रो मुद्दा भने मलेसियाली एक ब्लगरले युट्युबमा राखेको कथित मानहानिकारक तथा झुटो सामग्री आयोगमा उजुरी परेपछि पनि नहटाएको विषयमा केन्द्रित छ । यसबारे प्रतिक्रिया लिन खोज्दा गुगल तत्काल उपलब्ध हुन सकेन । गुगलले सन् २०२४ मा घोषणा गरेको दुई अर्ब अमेरिकी डलरको लगानी विस्तार गर्दै आगामी दुई वर्षमा मलेसियामा १५ अर्ब अमेरिकी डलर लगानी गरी डेटा सेन्टर तथा अन्य पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गरेको तीन सातापछि मुद्दा दायर भएको हो । दक्षिणपूर्वी एसियामा डेटा सेन्टर निर्माणका लागि मलेसिया तीव्र गतिमा विकसित भइरहेको केन्द्रका रूपमा देखिएको छ । यस्ता केन्द्रमा रहेका सर्भरले च्याटबोट र तस्बिर निर्माण गर्ने प्रणालीलगायत कृत्रिम बौद्धिकतासम्बन्धी उपकरणको प्रशिक्षण र सञ्चालनमा सहयोग गर्छन् । मलेसियाले यसअघि टिकटकसहित अन्य प्रमुख सामाजिक सञ्जालमाथि पनि अत्यन्त आपत्तिजनक सामग्री हटाउन असफल भएको आरोप लगाउँदै कारबाही अघि बढाएको थियो । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
Latest NewsJust now

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा वर्षाको सम्भावना छैन। सबै सहरहरूमा वर्षाको सम्भावना शून्य... ...

रातोपाटी
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Latest NewsJust now

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले ...

केन्द्रबिन्दु
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
Latest NewsJust now

बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement