अमेरिकी प्रविधि कम्पनी गुगलले वायोमिङ राज्यमा आफ्नो पहिलो डाटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले बिहीबार यस परियोजनामा लगानी गर्ने घोषणा गरेको हो। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत गुगलले नयाँ डाटा सेन्टर बनाउन लागेको हो। अमेरिकाका केही क्षेत्रमा डाटा सेन्टर निर्माणले विद्युत् खपत, पानीको प्रयोग र वातावरणीय प्रभाव बढाउने भन्दै विरोध भइरहेका बेला कम्पनीले यो परियोजना अघि बढाएको हो। गुगलले उक्त डाटा सेन्टर निर्माणका लागि टलग्रास इनर्जी, ब्ल्याक हिल्स इनर्जी, अमेरिकन इलेक्ट्रिक पावर (एईपी) र रिलेटेड डिजिटलसँग सहकार्य गर्ने जनाएको छ। यस परियोजनाको प्रारम्भिक विकास क्रुसो र टलग्रास इनर्जीले गरेका थिए। क्रुसोले बिहीबार परियोजनाको पूर्वतयारी चरणमा आफ्नो भूमिका पूरा भएको जनाएको छ। उक्त चरणमा निर्माणस्थल छनोट, सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्ने प्रक्रिया र विद्युत् आपूर्तिको रणनीति तयार पार्ने काम समावेश थिए। यद्यपि, परियोजनामा कति रकम लगानी हुनेछ भन्ने विषय भने सार्वजनिक गरिएको छैन। क्रुसोका प्रमुख कार्यकारी अधिकृत चेज लोचमिलरले कम्पनीसँग सम्झौता भइसकेको ६ गिगावाटभन्दा बढी विद्युत् क्षमता रहेको बताएका छन्। उनका अनुसार कम्पनीको विकास प्रक्रियामा रहेका थप परियोजनाको विद्युत् क्षमता ४० गिगावाटभन्दा बढी छ। क्रुसोले गुगलका लागि अर्को डाटा सेन्टर परिसर पनि विकास गरिरहेको छ। कम्पनीका अनुसार अमेरिकाको आर्मस्ट्रङमा निर्माण हुने उक्त परियोजनाको घोषणा यसै वर्ष गरिएको थियो। गुगलले एआई सेवाका लागि आवश्यक कम्प्युटिङ क्षमता विस्तार गरिरहेका बेला नयाँ डाटा सेन्टर परियोजनालाई त्यसैको हिस्सा मानिएको छ। The post गुगलले क्रुसोसँग किन्यो अमेरिकाको वायोमिङमा रहेको डाटा सेन्टर appeared first on Technology Khabar.
गुगलले क्रुसोसँग किन्यो अमेरिकाको वायोमिङमा रहेको डाटा सेन्टर

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






