Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया
Photo / Coverage: टेक्नोलोजी खबर

गुगलले अन्तरिक्षमै डाटा सेन्टर स्थापना गर्ने आफ्नो योजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसै महिनाको सुरुवातमा स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको प्रयोगात्मक ‘सनक्याचर’ परियोजनाअन्तर्गतको स्याटेलाइटले काम गर्न र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनहरूसँग सञ्चार गर्न थालेको छ। एआई स्याटेलाइटमा एआई प्रशोधनका लागि तयार पारिएका चारवटा टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) जडान गरिएका छन्। पहिलो परीक्षणका क्रममा इन्जिनियरहरूले स्याटेलाइटमा राखिएको जेम्मा ४ मोडललाई अन्तरिक्षबारे छोटो कविता लेख्न निर्देशन दिएका थिए। टेलिग्राफका अनुसार गुगलले एआई स्याटेलाइट सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ। अबको परीक्षणमा प्रोसेसरहरूले अन्तरिक्षको अत्यधिक तापक्रम र विकिरण सहन सक्ने क्षमताको परीक्षण गरिनेछ। परीक्षणको नतिजा सकारात्मक आएमा कम्पनीले सन् २०२७ मा थप दुईवटा स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ। ती स्याटेलाइटमा बढी ऊर्जा क्षमता र लेजरमार्फत डेटा आदानप्रदान गर्ने प्रविधि जडान गरिनेछ। परियोजनाको उद्देश्य अन्तरिक्षको कक्षमा डेटा सेन्टरका रूपमा काम गर्ने स्याटेलाइटहरूको सञ्जाल निर्माण गर्नु हो। त्यस्ता स्याटेलाइटले कृत्रिम बुद्धिमत्तासम्बन्धी ठूला कार्यहरू अन्तरिक्षमै प्रशोधन गर्नेछन्। गुगलले सन् २०३० को दशकभित्र यो प्रविधिलाई आर्थिक रूपमा व्यावहारिक बनाउने लक्ष्य राखेको छ। The post गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
TechnologyJust now

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ। छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो। वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै ...

टेक्नोलोजी खबर
एनपीएल: पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी लायन्स शीर्ष स्थानमा
TechnologyJust now

एनपीएल: पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी लायन्स शीर्ष स्थानमा

१७ कात्तिक, काठमाडौं। एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो, जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। पोखराको यो लगातार तेस्रो हार हो। राजधानीमा जारी […] The post एनपीएल: ...

आइसिटी फ्रेम
त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै, विद्यार्थीलाई लाइन बस्नुपर्ने झन्झट हट्ने
TechnologyJust now

त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै, विद्यार्थीलाई लाइन बस्नुपर्ने झन्झट हट्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्राप्त गर्न विश्वविद्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउने भएको छ । विश्वविद्यालयले अब आफ्ना विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र र कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित विद्यार्थीको घरमै पुर्‍याउने व्यवस्था गर्न लागेको हो ।यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ । ...

आइसिटी समाचार
ACCA Taxation परीक्षामा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो: लगातार दोस्रो पटक विश्वका उत्कृष्ट १० मा
TechnologyJust now

ACCA Taxation परीक्षामा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो: लगातार दोस्रो पटक विश्वका उत्कृष्ट १० मा

१७ कात्तिक, काठमाडौं। एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान: लगातार दुई परीक्षा सत्रमा विश्वका उत्कृष्ट १० विद्यार्थीभित्र द ब्रिटिश कलेज (टीबीसी) की भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर (ACCA Platinum Approved Learning Partner) द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणाली (Taxation – […] The post ACCA ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play