Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

गान्धी-मण्डेला फाउण्डेसनको नेपाल च्याप्टर

Share:WhatsAppFacebookX (Twitter)Telegram
गान्धी-मण्डेला फाउण्डेसनको नेपाल च्याप्टर
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको शान्ति, अहिंसा र मानवताको दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसाथ ‘गान्धी–मण्डेला फाउण्डेसन (जिएमएफ)’ को नेपाल च्याप्टर औपचारिकरूपमा प्रारम्भ गरिएको छ । गौतम बुद्धको पवित्र जन्मभूमि नेपालबाट शान्ति, करुणा, सहिष्णुता र मानवताको विश्वव्यापी सन्देश थप सशक्त बनाउने लक्ष्यसहित नेपाल च्याप्टर सुरु गरिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनको नेपाल च्याप्टरका सचिव एवं नेपाल प्रतिनिधि टायम कट्टेलद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त पहल केवल एउटा संस्थागत संरचनाको स्थापनामात्र नभई तीन महान् व्यक्तित्वहरूको दर्शनलाई नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने महत्त्वपूर्ण अभियान भएको उल्लेख छ । विज्ञप्तिमा द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित वर्तमान विश्वमा हजारौँ वर्षअघि नेपालबाट फैलिएको बुद्धको शान्ति, मैत्री र करुणाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइएको छ । त्यस्तै, महात्मा गान्धीको सत्य र अहिंसा तथा नेल्सन मण्डेलाको समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको जीवनदर्शन एउटै साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवर्द्धन गर्नु फाउण्डेसनको मूल उद्देश्य रहेको जनाइएको छ । कट्टेलका अनुसार भारतको नयाँदिल्लीमा मुख्य कार्यालय रहेको गान्धी-मण्डेला फाउण्डेसन एक अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो । फाउण्डेसनले भारतसहित उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियासम्म आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध र गतिविधि विस्तार गरिसकेको छ । संस्थाले विश्व शान्ति, मानव अधिकार, सामाजिक न्याय, जनस्तरीय सम्बन्ध र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा कार्य गर्दै आएको छ । नेपाल च्याप्टरको स्थापनाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय (पिपल–टु–पिपल) सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपाल च्याप्टरले आगामी दिनमा शान्ति, संस्कृति र कूटनीतिसँग सम्बन्धित छवटा प्राथमिक कार्यक्रमलाई अगाडि बढाउने कार्यदिशा तय गरेको छ । जसमा बुद्ध-गान्धी-मण्डेला पिस डायलगअन्तर्गत नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच शान्ति र अहिंसासम्बन्धी संवाद तथा सम्मेलन आयोजना गर्ने, इन्टरनेसनल कल्चरल एक्सचेन्जअन्तर्गत नेपाल र विभिन्न देशबीच कला, संस्कृति, भाषा, साहित्य र परम्पराको आदानप्रदान गर्ने, युथ फर पिसअन्तर्गत युवा पुस्तालाई शान्ति, मानवता र नेतृत्व विकासका अभियानमा सहभागी गराउने, इन्टरनेसनल पिस रिकग्निसनअन्तर्गत शान्ति, मानवता र सामाजिक सेवामा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई अन्तर्राष्ट्रियस्तरमा सम्मान र प्रोत्साहन गर्ने, नेपाल ग्लोबल प्रमोसनअन्तर्गत नेपालको आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई विश्व समुदायसमक्ष प्रवर्द्धन गर्ने र पिपल-टु-पिपल डिप्लोमेसीअन्तर्गत नेपाल र विश्वका विभिन्न देशका नागरिक तथा संस्थाहरूबीच प्रत्यक्ष सम्बन्ध र सहकार्य विस्तार गर्ने रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play