Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ । आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ जना घाइते भएका छन् । अलजजिराका अनुसार गाजा स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान अस्पतालको शल्यचिकित्सा भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि छन् । गाजा स्वास्थ्य मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीलाई अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको संरक्षणको उल्लंघन भएको भन्दै आक्रमणको निन्दा गरेको छ । साथै अस्पतालको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पनि आक्रमणमा ६ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार आक्रमणबाट अस्पतालको शल्यचिकित्सा विभागमा व्यापक क्षति पुगेको छ । शल्यक्रिया कक्ष, बिरामीको स्वास्थ्यलाभ कक्ष र सघन उपचार कक्षसमेत प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताएका छन् । टेड्रोसका अनुसार सन् २०२३ अक्टोबरदेखि हालसम्म डब्लुएचओले गाजामा स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारमाथि भएका १ हजार ५६ वटा आक्रमण अभिलेख गरेको छ । ती घटनामा १ हजार १० जनाको मृत्यु र १ हजार ७२५ जना घाइते भएका छन् । यता इजरायली रक्षा बल (आईडीएफ) ले भने उक्त आक्रमण नासेर अस्पताल परिसरभित्र सक्रिय हमासका सैन्य सदस्यलाई लक्षित गरी गरिएको दाबी गरेको छ । इजरायली सेनाका अनुसार आक्रमणमा खान युनिस ब्रिगेडका वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइल पनि लक्षित थिए । आईडीएफले अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेको र त्यहाँका कमान्डरहरूले कडा सुरक्षा व्यवस्थाबीच सैन्य गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएको छ । उक्त कमान्डर युद्धका क्रममा बन्धकहरूलाई नियन्त्रणमा राख्ने कार्यमा संलग्न रहेको पनि इजरायली सेनाको दाबी छ । इजरायली सेनाले आक्रमणअघि अस्पतालमा भइरहेको सैन्य गतिविधि रोक्न पटक–पटक चेतावनी दिएको र नागरिक तथा अस्पतालमा हुने क्षति न्यूनीकरणका लागि सावधानी अपनाएको जनाएको छ । अस्पताल परिसरलाई सैन्य गतिविधिका लागि प्रयोग गरिएको आरोप लगाउँदै त्यहाँबाट इजरायली सैनिकमाथि आक्रमणको योजना बनाउने र हमासको सैन्य क्षमता पुनर्निर्माण गर्ने काम भइरहेको उसको दाबी छ । तर डब्लुएचओ प्रमुख टेड्रोसले गाजाका स्वास्थ्य संस्थाहरू त्यहाँका नागरिकका लागि जीवनरक्षक आधार भएको भन्दै तिनको सुरक्षा गर्नुपर्नेमा जोड दिएका छन् । अस्पताललाई सैन्य प्रयोजनमा प्रयोग गर्न र आक्रमण गर्न नहुने उनको भनाइ छ । अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि गाजामा अस्पतालमाथि पछिल्लो आक्रमण भएको हो । एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)
Latest NewsJust now

सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)

सिराहा । आस्थाको महापर्व छठ नजिकिँदा मधेसका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ । छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा... ...

रातोपाटी
डिजिटल विभाजन घटाउन नेपालको पहल
Latest NewsJust now

डिजिटल विभाजन घटाउन नेपालको पहल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी ...

नेपालन्युज
बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब
Latest NewsJust now

बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ । […] ...

लोकपथ
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै
Latest NewsJust now

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play