Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गाँजासहित कार बरामद, चालक फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाँजासहित कार बरामद, चालक फरार
Photo / Coverage: केन्द्रबिन्दु

मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले कारको पछाडिको डिक्की खोलेर हेर्दा साना–ठूला गरी ९ वटा पोकामा राखिएको गाँजा फेला पारेको हो। तौल गर्दा उक्त गाँजा ११७ किलो ९१० ग्राम रहेको प्रहरीले जनाएको छ। कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारत भ्रमणमा कृषि र वनको एजेन्डा : मलमा बल्क कार्गो अनुमतिदेखि सिमापार प्रकोप नियन्त्रणसम्म
Latest NewsJust now

भारत भ्रमणमा कृषि र वनको एजेन्डा : मलमा बल्क कार्गो अनुमतिदेखि सिमापार प्रकोप नियन्त्रणसम्म

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ मङ्सिर ६ गते भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणका लागि कृषि, वन तथा वातावरण मन्त्रालयले औपचारिक प्रस्ताव टुङ्ग्याएको छ । मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाइएको दस्ताबेजमा डढेलो... ...

रातोपाटी
यी हुन् मकवानपुरमा सुमो दुर्घटनाका मृतक र घाइते
Latest NewsJust now

यी हुन् मकवानपुरमा सुमो दुर्घटनाका मृतक र घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बिहीबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ... ...

रातोपाटी
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
Latest NewsJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास ...

नेपालन्युज
जोखिमयुक्त क्षेत्रमा धमाधम घर निर्माण
Latest NewsJust now

जोखिमयुक्त क्षेत्रमा धमाधम घर निर्माण

कालीकोट समाचारदाताकालीकोट, मङ्सिर ३ गते । कालीकोट सदरमुकाम मान्म बजार पहिरोको उच्च जोखिममा छ । सदरमुकामको पूर्वतिरको जिरो प्वाइन्ट क्षेत्र असुरक्षित छ भन्ने १७ वर्षअघि गएको पहिरोले... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play