Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गाँजाको नियन्त्रित खेती र कारोबारका लागि कानुनी व्यवस्था गर्न सर्वोच्चको परमादेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाँजाको नियन्त्रित खेती र कारोबारका लागि कानुनी व्यवस्था गर्न सर्वोच्चको परमादेश
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि गाँजाको खेती, उत्पादन, प्रशोधन र कारोबारलाई कानुनी नियमनको दायरामा ल्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गाँजाको उपयोगलाई पूर्ण प्रतिबन्धको दृष्टिकोणबाट मात्रै नहेरी निश्चित उद्देश्य, अनुमति र सरकारी नियन्त्रणका आधारमा व्यवस्थित गर्न आवश्यक कानुनी प्रबन्ध मिलाउन आदेश दिएको हो। फैसलाको पूर्ण पाठअनुसार सरकारले तीन महिनाभित्र लागू औषध (नियन्त्रण) ऐन, २०३३ को उद्देश्य तथा नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय महासन्धिका व्यवस्थासँग नबाझिने गरी गाँजाको नियन्त्रित खेती र उत्पादनसम्बन्धी नियमावली, मापदण्ड तथा कार्यविधि तयार गर्नुपर्नेछ। अदालतले गाँजाको व्यावसायिक खेती, उत्पादन, प्रशोधन, भण्डारण, प्रयोग, बिक्री वितरण तथा निकासी पैठारीका लागि इजाजत पत्र वा अनुमतिपत्र दिने व्यवस्था मिलाउन आदेश दिएको छ। यसबाट गाँजासम्बन्धी गतिविधिलाई अनुमति र नियमनको प्रणालीमार्फत सञ्चालन गर्ने कानुनी आधार तयार गर्न सरकारलाई निर्देशन दिइएको छ। फैसलाले गाँजाको औषधीय तथा औद्योगिक उपयोगको सम्भावनालाई स्वीकार गर्दै त्यसका लागि आवश्यक कानुनी र प्रशासनिक संयन्त्र निर्माणमा जोड दिएको छ। गाँजाको खेती र कारोबारलाई नियमन गर्ने विषयमा अनुमति दिने प्रक्रिया, मापदण्ड तथा नियन्त्रणसम्बन्धी व्यवस्था स्पष्ट हुनुपर्ने आदेशको आशय छ। विशेष गरी नेपालको पश्चिम पहाडी क्षेत्रमा प्राकृतिक रूपमा उम्रिने जंगली गाँजाबाट चरेस उत्पादन तथा बिक्री वितरण हुँदै आएको अवस्थालाई समेत अदालतले सम्बोधन गरेको छ। त्यस्ता गतिविधिलाई विद्यमान कानुन र अन्तर्राष्ट्रिय दायित्वको अधीनमा रही व्यवस्थित गर्ने कानुनी प्रबन्ध मिलाउन सकिने अदालतको ठहर छ। अदालतले गैरकानुनी खेती, उत्पादन, प्रशोधन तथा बिक्री वितरण नियन्त्रण गर्न प्रभावकारी निगरानी संयन्त्रसमेत बनाउन निर्देशन दिएको छ। यद्यपि, यस आदेशले गाँजाको खुला खेती वा मनोरञ्जनात्मक प्रयोगलाई तत्काल कानुनी मान्यता दिएको छैन। त्यस्तो प्रयोगसम्बन्धी विषयमा विज्ञ तथा सरोकारवालासँग व्यापक परामर्श गरी आवश्यक कानुनी सुधारबारे विचार गर्न अदालतले सरकारको ध्यानाकर्षण गराएको छ। सर्वोच्चको आदेशसँगै अब सरकारले निर्धारित अवधिभित्र आवश्यक नियमावली र कार्यविधि तयार गरी गाँजाको नियन्त्रित खेती तथा कारोबारका लागि अनुमति दिने र अनुगमन गर्ने प्रणाली स्थापना गर्नुपर्ने भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शाहरुख खान : ‘बाजीगर’देखि ‘जवान’सम्म, एन्टी हिरोबाट सुपरस्टारसम्म
OthersJust now

शाहरुख खान : ‘बाजीगर’देखि ‘जवान’सम्म, एन्टी हिरोबाट सुपरस्टारसम्म

सन् १९९२ मा टेलिभिजनबाट आएका नयाँ अभिनेता शाहरुख खानको फिल्म ‘दीवाना’ प्रदर्शनमा आउँदा धेरैलाई लागेको थियो, एउटा प्रतिभाशाली कलाकारले दर्शकको मन जित्न थालिसकेको छ । बेपरवाह स्वभाव र विद्रोही राज (शाहरुख) ले ‘दीवाना’मार्फत फिल्ममा मात्र प्रवेश गरेका थिएनन्, सीधै दर्शकको मनमा ठाउँ बनाएका थिए । तर, शाहरुखले वास्तविक अर्थमा बक्स अफिसमा तहल्का मच्चाएको वर्ष थियो… ...

अनलाइन खबर
४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ
OthersJust now

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

४१५ रुपैयाँमा तोरीको तेल किनेका धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ का गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जिते । ...

अनलाइन खबर
ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?
OthersJust now

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?

पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। ...

अनलाइन खबर
आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने
OthersJust now

आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले कुल ९ करोड […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play