Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औँ वर्ष प्रवेश गरेको अवसर पारेर बुधबारदेखि काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका थिए । नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार आम नागरिकको बैंकिङ सेवामा पहुँच विस्तार, वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने र ग्राहकलाई सहज तथा विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइएको हो । बैंकले २०६४ कात्तिक १८ गतेदेखि पहिलोपटक कारोबार सुरु गरेको थियो । बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ । बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यक वित्तीय सेवा सहज रूपमा उपलब्ध हुने र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा मान्यताप्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक
Latest NewsJust now

नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक

विराटनगरमा एक्स्पोको तयारी शुरु भएको छ। आगामी पुस २ देखि ११ गतेसम्म नवौँ संस्करणको ‘विराट एक्स्पो २०२६’ आयोजना हुन लागेको हो। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने सो एक्स्पोको औपचारिक घोषणा गर्दै उद्योग संगठन मोरङले बुधवार थिम, मस्कट र अवधारणा सार्वजनिक गरेको हो। ‘द इकोसिस्टम अफ अपर्चुनिटिज’ थिमका साथ आयोजना गर्न ल... ...

नेपालखबर
तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए
Latest NewsJust now

तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए

मुस्ताङ।तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेंसी झारिएका छन्। उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेंसीतर्फ झारिएको हो। यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बेंसी झारिएको बताएका छन्। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार तिहार पर्वलाई लक्षित गरी ...

नेपालन्युज
पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण
Latest NewsJust now

पाँच कर्मचारीलाई फलेवासको स्पष्टीकरण

साजन परियारपर्वत, कात्तिक १८ गते । पर्वतको फलेवास नगरपालिकाले राजनीतिक दलमा आबद्ध कर्मचारीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । राजनीतिक दलका विभिन्न तहका पदमा जिम्मेवारी... ...

गोरखापत्र
रोजगारीको बहानामा किशोरीमाथि शोषण
Latest NewsJust now

रोजगारीको बहानामा किशोरीमाथि शोषण

विराटनगर। विराटनगर-१३, मलाया रोड। सीमावर्ती क्षेत्रनजिकै रहेको यो बस्तीमा केही दिनयता एउटा घर र त्यससँग जोडिएको होटलमा अस्वाभाविक चहलपहल बढेको थियो। बाहिरबाट हेर्दा सामान्य देखिने होटलको पछाडि टिनले छाएको पुरानो घर थियो। स्थानीय रामनारायण साह रौनियारको स्वामित्वमा रहेको त्यही घरभित्र नेपाली किशोरीहरूलाई बन्धक बनाएर जबरजस्ती यौनधन्दामा लगाइएको घटना बाहिर आयो। पहाडी जिल्लाबाट राम्रो रोजगारी र भविष्यको सपना बोकेर विराटनगर आएका किशोरीहरूका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play