काठमाडौं । स्वस्थ जीवन शैलीका लागि खेलकुद भन्ने नारा आत्मसात गर्दै गरिमा विकास बैंकले सोमबार पर्ने २०औँ वार्षिकोत्सवका अवसरमा शनिबार गरिमा रोड रेस २०८३ आयोजना गरेको छ । बैंकका अनुसार १८औँ वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको तेस्रो संस्करणमा खुला र कर्पोरेट गरी कुल दुई विधामा महिला र पुरुष गरी चार प्रतियोगिता आयोजना गरिएको थियो । खुलातर्फको १० किलोमिटर दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायण गोपाल चोक, हात्तीगौंडा हुँदै बुढानीलकण्ठ नगरपालिका ३ को कार्यालयअगाडि पुगेर पुनः सोही मार्ग बालुवाटार आई समापन हुने गरी रुट तय गरिएको थियो । साथै, कर्पोरेटतर्फको पाँच किलोमिटर दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायण गोपाल चोक हुँदै न्युरो अस्पताल बाँसबारी पुगेर बालुवाटार आई समापन हुने गरी रुट तय गरिएको थियो । कुल १४ सयभन्दा बढी धावकको सहभागिता रहेको प्रतियोगिताको खुला विधामा पुरुषतर्फ १० किलोमिटर दूरी ३१ मिनेट ५० सेकेण्डमा पूरा गर्दै तीर्थकुमार पुन र महिलातर्फ १० किलोमिटरको दूरी ३९ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै राज्य रावलले प्रथम स्थान हासिल गर्नुभयो । साथै कर्पोरेट विधामा पुरुषतर्फ पाँच किलोमिटर दूरी १९ मिनेट २८ सेकेण्डमा पूरा गर्दै ईश्वर बुढाथोकी र महिलातर्फ पाँच किलोमिटर दूरी २६ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै दिव्या विष्टले प्रथम स्थान हासिल गर्नुभयो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई खुलातर्फको १० किलोमिटर विधामा क्रमशः.५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यसैगरी कर्पोरेटतर्फ पाँच किलोमिटर विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाँड, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालकहरू, सेयरधनी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
‘गरिमा रोड रेस २०८३’ को आयोजना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






