Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

गरिबको रोजीरोटी खोस्ने धम्की नदिनुस् : आशिका तामाङलाई ज्ञानेन्द्र शाहीको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गरिबको रोजीरोटी खोस्ने धम्की नदिनुस् : आशिका तामाङलाई ज्ञानेन्द्र शाहीको चेतावनी
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । मजदुरी गरेर जीविकोपार्जन गरिरहेका सर्वसाधारणप्रति गरेको व्यवहारलाई लिएर आशिका तामाङको आलोचना भएको छ। रिक्सा तथा ठेलागाडा चलाएर सामान बेच्ने श्रमिकलाई गाली गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले तामाङलाई चेतावनी दिएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत तामाङलाई लक्षित गर्दै सबै नागरिकको जीवनशैली र आर्थिक अवस्था समान नहुने बताएका छन्। दसैँ–तिहारजस्ता चाडपर्वका बेला दिनभरि ठेलागाडा चलाएर कमाएको पैसाले साँझ परिवारको छाक टार्ने श्रमिकको बाध्यता बुझ्नुपर्ने उनको भनाइ छ। ‘माननीयज्यू, सबैको जीवन तपाईंको जस्तो सहज र सुखी हुँदैन। ठेलागाडामा सामान बोकेर बेच्ने मानिसले दिनभरि कमाएको पैसाबाट साँझ आफ्नो परिवारको पेट भर्नुपर्छ,’ शाहीले भनेका छन्। उनले सडक व्यवस्थापन र नियम कार्यान्वयन आवश्यक भए पनि त्यसका नाममा गरिब तथा श्रमिकको रोजीरोटी खोस्ने धम्की दिन नहुने बताएका छन्। ठेलागाडा कसैका लागि सडकमा अवरोध गर्ने साधन भए पनि त्यही साधन कतिपय परिवारको जीविकोपार्जनको एकमात्र आधार भएको उनको तर्क छ। ‘व्यवस्थापन गर्नुस्, नियम लागू गर्नुस्, तर गरिबको रोजीरोटी खोस्ने धम्की नदिनुस्,’ शाहीले भनेका छन्, ‘राज्यको शक्ति कमजोर र निमुखा जनतालाई तर्साउन होइन, उनीहरूको जीवन सहज बनाउन प्रयोग हुनुपर्छ।’ शाहीले देश अरबपति, खरबपति तथा एनजीओ/आईएनजीओमा काम गर्नेहरूको मात्र नभई गरिब, मजदुर, किसान र निमुखा जनताको पनि भएको उल्लेख गरेका छन्। सडक व्यवस्थापनका नाममा श्रमिकलाई विस्थापित गर्नेभन्दा उनीहरूको जीविकोपार्जनलाई सुरक्षित गर्दै व्यवस्थित विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)
Latest NewsJust now

एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)

काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपीएल) अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबिच खेल भइरहेको छ । जारी तेस्रो संस्करणमा दुवै टोलीको यो छैटौँ खेल हो । जनकपुरले २ खेल जित्दा... ...

रातोपाटी
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
Latest NewsJust now

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

• विदेशमा रहेका नेपाली दाजुभाइले तिहार मनाउन सामाजिक सञ्जाल र फोनको माध्यमबाट दिदीबहिनीलाई टिका लगाउने योजना बनाएका छन्। • तिहारको अवसरमा परिवारसँगको भेट्न नसक्दा उनीहरू भावुक हुँदै तिहारको सम्झना गर्दैछन् र विभिन्न तरिकाले एक अर्कालाई शुभकामना साटासाट गर्ने प्रयासमा छन्। • परदेशमा रहेका नेपालीहरूले चाडपर्व मनाउनका लागि नयाँ तरिकाहरू अपनाउँदै, साथीभाइ र चेलिबेटीहरूसँग टिका ग्रहण गर्ने र शुभकामना साटासाट गर्ने ...

नेपालबहस
सवारी दुर्घटनामा दश जना घाइते
Latest NewsJust now

सवारी दुर्घटनामा दश जना घाइते

बिन्द्र वाम्बुले राईउदयपुर, कात्तिक २४ गते । उदयपुरमा सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका – १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा मङ्गलबार बेल्टारबा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play