Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

Share:WhatsAppFacebookX (Twitter)Telegram
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी चेकजाँच सुरु गरेको छ। सीमा नाकामा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि पाँच जना तालिमप्राप्त प्रहरी र दुईवटा कुकुरसहितको स्क्वाड परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल, नेपालले असोज २७ गते भीमदत्त नगरपालिका -११ स्थित सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीको परिसरमा स्क्वाड स्थापना गरेको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमान्डमा रहेको उक्त टोलीले शनिबार बिहानदेखि सीमा नाकामा चेकजाँच थालेको हो। स्क्वाडमा ल्याब्राडोर जातको ‘अल्फा’ नामक पोथी र जर्मन शेफर्ड जातको ‘डेल्टा’ नामक भाले कुकुर छन्। तालिमप्राप्त कुकुरको सहयोगमा गरिने जाँचले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा सामग्रीको निगरानी र सुरक्षा जाँचलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने सशस्त्र प्रहरीको अपेक्षा छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिमप्राप्त कुकुरसहितको स्क्वाड परिचालनले सीमा नाकामा हुने चेकजाँचलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। चेकजाँच कार्यको उद्घाटन कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरी, सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपतिलगायत सुरक्षा अधिकारी, भीमदत्त नगरपालिका -११ का वडाध्यक्ष प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो। The post गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले के भने ?
ताजा खबरJust now

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले के भने ?

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी... ...

रातोपाटी
बालेन सरकारप्रति उद्योगी–व्यवसायीको कन्फिडेन्स किन कमजोर बन्यो ?
ताजा खबरJust now

बालेन सरकारप्रति उद्योगी–व्यवसायीको कन्फिडेन्स किन कमजोर बन्यो ?

The post बालेन सरकारप्रति उद्योगी–व्यवसायीको कन्फिडेन्स किन कमजोर बन्यो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी
ताजा खबरJust now

विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ । असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकप्टरले १०० केभिए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्वारमा पैदल र सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको नेपाल विद्युत् ...

केन्द्रबिन्दु
रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
ताजा खबरJust now

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play