काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार बसेको आयोगको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र अद्यावधिक विधानसम्बन्धी विवरण अभिलेखमा राख्ने निर्णय गरेको जानकारी दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। नयाँ कार्यसमिति अद्यावधिक गर्न कांग्रेसका तर्फबाट कात्तिक १६ गते निवेदन दिइएको थियो। निर्वाचन आयोगले विवरण अद्यावधिक गर्न ढिलाइ गरेपछि विभिन्न कोणबाट प्रश्न उठ्दै आएका थिए।
गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






