काठमाडौं।नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन पत्नी अञ्जना केसीसहित सर्लाही पुगेका छन्। आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका थापाले छठघाटमा पूजापाठ तथा दर्शन गरेका छन्। उनी आइतबार राति वीरगन्ज पुग्ने र सोमबार बिहान विभिन्न छठघाटमा पुगेर व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रम छ। वीरगन्जमा रहँदा उनले स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा सहभागी हुने र निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको अवलोकन गर्नेछन्। सोमबार साँझ उनी काठमाडौं फर्किने कार्यक्रम छ। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पत्नी निकिता पौडेलसहित छठ मनाउन जनकपुरमा छन्। उनी पनि सोमबार काठमाडौं फर्किने छन्।
गगन छठ मनाउन पत्नीसहित सर्लाहीमा

Read Complete Original Article
Published originally on नेपालन्युज






