गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता

काठमाडौं । मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता भएका छन् । मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी दुई पर्वतारोही बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन् । काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए । उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेको गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको प्रहरीले जानकारी दिएको छ । ७४५५ मिटर अग्लो उक्त हिमालमा आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएको बताइएको छ ।बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरुको खोजी गरिएको र खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हाल पनि खोजी कार्य जारी रहेको बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ । The post गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी नागरिक बेपत्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

२४ घण्टामा भएका सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु, ३१३ जना घाइते
गएको २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। ती घटनामा ३१३ जना घाइते भएका प्रहरीले जनाएको छ। सबैभन्दा धेरै कोसी प्रदेशमा दुई जनाको मृत्यु र १०८ जना घाइते भएका छन्। काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। उपत्यकाबाहेक बागमती प्रदेशमा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्।&nb... ...

मासु खाएपछि अपच भयो? अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौं । दशैँकाे समय छ । धेरै मासु नखाएपनि टिका थाप्न जाँदा थोरै थोरै गरेर खाएको थोरै मासुले पनि कहिलेकाहीँ विगार गर्न सक्छ ।मासु खाएपछि पेट भारी हुने, ग्यास बढ्ने, डकार आउने वा पेट फुल्ने समस्या धेरैलाई हुन सक्छ। विशेषगरी चिल्लो, पिरो र धेरै मात्रामा मासु खाँदा पाचन प्रक्रियामा असहजता हुन सक्छ। यस्तो अवस्थामा खानपानमा ध्यान दिनुका साथै केही सामान्य ...

थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न
भक्तपुर । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट... ...

साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय
बुधबार राति साउदी अरबको दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ। रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घाइते पनि भएका छन्। भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अधिकारीहरूले हिजो राति दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीय ना... ...


