Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

खर्च जोगाउने नाममा प्रदेश निर्वाचन अगाडि सार्न मिल्दैन : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
खर्च जोगाउने नाममा प्रदेश निर्वाचन अगाडि सार्न मिल्दैन : अध्यक्ष ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर १० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खर्च जोगाउने नाममा प्रदेश निर्वाचन अगाडि सार्ने प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ। निर्वाचन अगाडि सार्ने नै भए आगामी मङ्सिरमै सङ्घीय निर्वाचन पनि गर्नुपर्ने उहाँको तर्क छ। बिहीबार काठमाडौँमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्त्यमा र प्रदेश निर्वाचन मङ्सिरमै हुनुपर्ने बताउनुभयो। निर्वाचनको मिति कसैको आदेश वा दबाबमा परिवर्तन गर्न नहुने उहाँको भनाइ थियो। ‘अहिले प्रदेशको चुनाव अगाडि सार्ने कुरा भइरहेको छ, खर्च जोगाउने नाउँमा । देश जलाउँदा खर्च नहुने, खर्च हुन्छ भनेर चुनाव नगर्ने पनि हुन्छ ? पपेट सरकार बनाउन खर्चको हिसाब नहुने ? आफ्नो कार्यकाल पूरा नगरी प्रदेशको चुनाव अगाडि सार्ने कुरा मान्य हुँदैन। त्यसो हो भने मङ्सिरमा केन्द्रको पनि गरौँ,’ ओलीले भन्नुभयो। ओलीले आगामी स्थानीय तहको निर्वाचनमा गत फागुन २१ गतेको परिस्थिति नदोहोरिने दाबी गर्नुभयो। राजनीतिक परिस्थिति बदलिएको उल्लेख गर्दै उहाँले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो। ‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेजस्तो सधैँ फागुन २१ को जस्तो हुँदैन। परिस्थिति बदलिएको छ,’ उहाँले भन्नुभयो, ‘तर चुनाव फ्री एन्ड फेयर (स्वतन्त्र र निष्पक्ष) होस्, अस्तिको जस्तो होइन।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डोल्पाबाट सुनील शर्माको  सन्देशः कांग्रेसको बहस व्यक्ति होइन, नीति र राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्छ
PoliticsJust now

डोल्पाबाट सुनील शर्माको  सन्देशः कांग्रेसको बहस व्यक्ति होइन, नीति र राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्छ

डा. सुनीलकुमार शर्माले पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षभन्दा संगठन सुदृढीकरण र राष्ट्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ...

हाम्राकुरा
वैकल्पिक आवास सुनिश्चित नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति
PoliticsJust now

वैकल्पिक आवास सुनिश्चित नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गर्दै निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो । कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर ...

जनताटाइम्स
प्रधानमन्त्री र रास्वपा सभापतिबिच भेट
PoliticsJust now

प्रधानमन्त्री र रास्वपा सभापतिबिच भेट

काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।सभापति लामिछानेको बुनीलकण्ठस्थित निवासमा स... ...

गोरखापत्र
प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
PoliticsJust now

प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र साह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार भेटवार्ता भएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement