Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९० औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए । उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए । आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए । उनका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत, ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको छ । त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक सङ्ख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए । The post खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग
Latest NewsJust now

तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग

काठमाडौँ । नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा नखुल्दा नेपाली व्यापारीले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको सिन्धुपाल्चोकको तातोपानी नाका... ...

रातोपाटी
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी:  धान र पराल पूर्ण रूपमा जलेर नष्ट
Latest NewsJust now

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: धान र पराल पूर्ण रूपमा जलेर नष्ट

• झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाएको घटनामा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ। • आगजनीको घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको थियो र घटनास्थलमा पुगेपछि दुवै कुन्यू पूर्ण रूपमा जलिसकेको थियो। • प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु एक लाख ५१ हजारभन्दा बढीको क्षति भएको छ र अनुसन्धान ...

नेपालबहस
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै
Latest NewsJust now

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै

काठमाडौँ । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने ...

लुम्बिनी सञ्चार
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
Latest NewsJust now

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ। शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play