Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

Share:WhatsAppFacebookX (Twitter)Telegram
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् । रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् । रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो । यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए । आलमको स्वर्ण पदक अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार
Latest NewsJust now

दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार

दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ अभियान नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म चल्ने भएको छ।  यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधासहितका आकर्षक अवसरहरूको थप लाभ लिन सक्नेछन्। अभियानका सु... ...

नेपालखबर
लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि
Latest NewsJust now

लिबर्टी माइक्रो लाइफको नाफा ८४ प्रतिशतले घट्यो,बीमाशुल्क र कोषमा भने उत्साहजनक वृद्धि

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको व्यापार र कोषको आकारमा उल्लेख्य वृद्धि देखिए पनि खुद नाफामा भने भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले जम्मा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन ...

टक्सार
तारा सिन्चुरी हत्या प्रकरण : एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी
Latest NewsJust now

तारा सिन्चुरी हत्या प्रकरण : एक संदिग्ध न्यूयोर्कबाट पक्राउ, अर्काको खोजी जारी

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई न्यूयोर्कबाट पक्राउ गरेको छ । अर्का संदिग्धको खोजी न्यूयोर्क र न्यू जर्सी क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ । फेयरफिल्ड प्रहरीको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा कार्लोस इड्रोगो–आरियास (Carlos Idrogo-Arias) छन् । अर्का संदिग्ध रिचर्ड गुजमान–गुजमान (Richard Guzman-Guzman) भने फरार छन् ...

हिमालय टाइम्स
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र
Latest NewsJust now

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

वासिङ्टन डीसी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play