Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो । यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिंग टेप, पावर टुल्स तथा ह्याण्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको छ । आफ्नो बहुआयामिक खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धी भावनाका लागि परिचित दीपेन्द्र सिंह ऐरीमा फ्रीमांसले आफ्नो ब्रान्डको भावनासँग मेल खाने गुणहरू देखेको जनाएको छ । सटीकता, उत्कृष्ट कार्यसम्पादन, विश्वसनीयता र दृढ संकल्पजस्ता गुणहरू फ्रीमांसका पहिचान हुन् । नेपाली क्रिकेटप्रेमीसँग दीपेन्द्रको बलियो सम्बन्धका कारण उनलाई उपभोक्ता तथा व्यावसायिक क्षेत्रका धेरै व्यक्तिहरूसम्म पुग्न चाहने फ्रीमांसका लागि उपयुक्त साझेदार बनाएको जनाइएको छ । यस सहकार्यका बारेमा प्रतिक्रिया दिँदै एफ एम आई लिमिटेड (फ्रीमांस) का कार्यकारी निर्देशक साहिल नायरले भने, “फ्रीमांसका लागि नेपाल एक महत्त्वपूर्ण र रणनीतिक मार्केट हो । हाम्रो लक्ष्य यहाँ आफ्ना उत्पादन उपलब्ध गराउनु मात्र होइन । हामी नेपाललाई बुझ्ने, नेपाली मार्केटप्रति प्रतिबद्ध र आफ्ना साझेदार एवम् ग्राहकहरूको विकासमा सक्रिय योगदान पुर्‍याउने ब्रान्डका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छौँ । दीपेन्द्रसिंह ऐरीले महत्त्वाकांक्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको सशक्त प्रतिनिधित्व गर्छन् । उनलाई फ्रीमांस परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । साथै, हामीले उनीसँगको यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन बन्ने अपेक्षा गरेका छौँ ।” दीपेन्द्र सिंह ऐरीले भने, “फ्रीमांससँग जोडिन पाउँदा म निकै खुसी छु । गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित यस ब्रान्डसँग यसको नेपाली बजारको यात्रामा हिस्सा बन्न पाउँदा उत्साहित छु । मैले फ्रीमांस सँगको सहकार्य मार्फत नेपाली उपभोक्ता र व्यवसायीहरूसँग यस ब्रान्डको सम्बन्ध स्थापित गर्न योगदान पुर्‍याउने अपेक्षा गरेको छु ।” फ्रीमांसले मेजरिंग टेपबाट आफ्नो उत्पादन रेन्ज विस्तार गर्दै आफ्नो पोर्टफोलियोमा स्पिरिट लेभल, मेजरिंग ह्वील, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिंग टुल्स, डिजिटल मेजरिंग टुल्स तथा पावर टुल्स एक्सेसरिज समेत समेटेको छ । यसबाट कम्पनीले व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा आम उपभोक्ताका लागि आवश्यक पर्ने विभिन्न समाधानहरू उपलब्ध गराउँदै आएको छ । बलियो वितरण सञ्जाल र अन्तर्राष्ट्रिय मार्केटमा स्थापित उपस्थिति भएको फ्रीमांस अहिले नेपालमा आफ्नो पहुँच र संलग्नता थप विस्तार गर्दै डिलर, खुद्रा विक्रेता तथा उपभोक्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित छ । दीपेन्द्रसिंह ऐरीसँगको साझेदारीले स्थापित टुल्स ब्रान्डप्रतिको विश्वास र नेपालका चर्चित खेलाडीको लोकप्रियता तथा पहुँचलाई एकसाथ जोड्दै यस यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । The post क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...
ताजा खबरJust now

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...

झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ । नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी ... ...

रातोपाटी
बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
ताजा खबरJust now

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग... ...

रातोपाटी
नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव
ताजा खबरJust now

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन... ...

रातोपाटी
पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
ताजा खबरJust now

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना

बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play