Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष तथा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ। महासंघले खुसिबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले उनको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व सम्हालेका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। कार्यक्रममा बोल्दै क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई इजरायलजस्तो नवप्रवर्तन र प्रविधिको केन्द्रमा राजदूतका रूपमा पठाइनु नेपालको आर्थिक तथा प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। त्यस्तै, महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले कर्णको नियुक्तिले नेपाली आईसीटी क्षेत्र र अन्तर्राष्ट्रिय प्रविधि बजारबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने बताए। उनले नेपालको दक्ष प्रविधि जनशक्ति र इजरायलको विकसित प्रविधि इकोसिस्टमबीच सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरे। सम्मान ग्रहणपछि राजदूत कर्णले महासंघप्रति आभार व्यक्त गर्दै प्रविधि कूटनीतिमार्फत नेपाल र इजरायलबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा मुख्यत: दुई क्षेत्रमा प्राथमिकता दिने बताए। पहिलो, नलेज आउटसोर्सिङमार्फत सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा तथा सूचना प्रविधि सेवाका लागि इजरायली प्रविधि कम्पनीहरूको प्रमुख गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने उनको योजना छ। दोस्रो, दुवै देशका आईटी उद्योगबीच संस्थागत साझेदारी, प्रविधि हस्तान्तरण तथा स्टार्टअप इकोसिस्टमको आदानप्रदानलाई प्रवद्र्धन गर्ने उनले बताए। महासंघको सचिवालयमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्वअध्यक्षहरू विजय कृष्ण श्रेष्ठ, विप्लव मान सिंह, ई. विनोद ढकाल, हेमन्त कुमार चौरसिया, निवर्तमान अध्यक्ष रञ्जित कुमार पोद्दार, कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी तथा सचिव दीपेन्द्र पौडेललगायतको उपस्थिति थियो। अनुभवी आईसीटी विज्ञ कर्ण इजरायलका लागि नेपाली राजदूत नियुक्त भएसँगै नेपाली सूचना प्रविधि कम्पनीहरूले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), अन्तरदेशीय व्यावसायिक साझेदारी (बीटुबी) तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका नयाँ अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन्। The post क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?
Latest NewsJust now

कोप ३१ सम्मेलनमा किन देखियो विवाद ?

काठमाडौं । जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए […] ...

लोकपथ
यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच
Latest NewsJust now

यूएईविरुद्ध सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच

काठमाडौं। एसिया कप राइजिङ स्टार्समा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच घोषित भएका छन्। कतारको दोहामा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। सन्दीपले आफ्नो १० ओभरको बलिङ स्पेलमा ३ मेडन ओभर राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। उनको किफायती १.१० इकोनोमीले यूएईको ब्याटिङ ...

नेपालन्युज
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
Latest NewsJust now

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौँ, मङ्सिर ६ गते । सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने... ...

गोरखापत्र
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ।  नयाँ दिल्लीस्थित होटल ताज महलमा शाह र जयशंकरबीच भेटवार्ता भएको हो। वार्तामा दुवै देशको प्रतिनिधिमण्डल पनि सहभागी रहेको छ।  प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर होटल ताल महल पुगेका हुन्। प्रधानमन्त्री शाह यही होटलमा बसेका छन्।&nbsp... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement