Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कोहलीले तोडे सचिनको कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोहलीले तोडे सचिनको कीर्तिमान
Photo / Coverage: हिमालय टाइम्स

नयाँ दिल्ली । भारतले न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको शानदार जित निकालेको छ । अकल्यान्डमा खेलिएको खेलमा भारतीय स्टार ब्याटर विराट कोहलीले कीर्तिमानमाथि कीर्तिमान बनाउँदै महान् क्रिकेटर सचिन तेन्दुलकरको रेकर्डसमेत तोड्नुभयो । लक्ष्य पछ्याउने क्रममा सर्वाधिक रन बनाउने ब्याटर बन्नुभएका कोहलीले खेलमा व्यक्तिगत उपलब्धिका नयाँ इतिहास पनि रच्नुभयो । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा अहिलेसम्म आठ हजार ७४१ रन बनाउनुभएको छ । यससँगै उहाँले सचिनको नाममा रहेको आठ हजार ७२० रनको कीर्तिमानलाई पछि पार्नुभयो । लक्ष्य पछ्याउने क्रममा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा अब कोहली पहिलो स्थानमा पुग्नुभएको छ । न्युजिल्यान्डविरुद्धको खेलमा कोहलीले अर्को महत्वपूर्ण उपलब्धिसमेत हासिल गर्नुभयो । उहाँले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डविरुद्ध आफ्नो रन संख्या १ हजार ९७१ पुर्‍याउनुभयो । यससँगै उहाँले अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको कीर्तिमानसँग बराबरी गर्नुभएको छ । त्यस्तै, एकदिवसीय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै १३ हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बन्ने ऐतिहासिक उपलब्धि पनि कोहलीले आफ्नो नाममा लेखाउनुभएको छ । उक्त कीर्तिमान बनाउन उहाँलाई १२ रन आवश्यक थियो । खेलको सातौँ ओभरको दोस्रो बलमा आफ्नो १२औँ रन पूरा गरेसँगै उहाँले यो उपलब्धि हासिल गर्नुभयो । यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पोन्टिङ दोस्रो स्थानमा हुनुहुन्थ्यो । भारतका कप्तान तथा अनुभवी ब्याटर रोहित शर्मा भने शून्य रनमै आउट हुनुभयो । उहाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करियरको १७औँ पटक शून्यमा आउट हुनुभएको हो । यससँगै उहाँले पूर्वभारतीय कप्तान सौरभ गांगुलीलाई पछि पार्नुभएको छ । गांगुली आफ्नो एकदिवसीय करियरमा १६ पटक शून्य रनमा आउट हुनुभएको थियो । रोहितले यो कीर्तिमान पार गरेसँगै एकदिवसीय क्रिकेटमा शून्यमा आउट हुने भारतीय ब्याटरको सूचीमा नयाँ तथ्यांक थपिएको हो । खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्यान्डको ब्याटिङ भने कमजोर रह्यो । घरेलु मैदानमा भारतविरुद्ध खेलिरहेको न्युजिल्यान्डको टोली १८५ रनमै अलआउट भएको थियो । भारतविरुद्ध आफ्नै घरेलु मैदानमा बनाएको यो न्युजिल्यान्डको चौथो सबैभन्दा कम एकदिवसीय योगफल हो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । आज बिहान ९ः३०... ...

रातोपाटी
साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै
Latest NewsJust now

साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २० गते । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको सुरक्षित, व्यवस्थित र प्रभावकारी प्रयोग सुनिश्च... ...

गोरखापत्र
संकट बन्दै रुस-युक्रेन युद्ध
Latest NewsJust now

संकट बन्दै रुस-युक्रेन युद्ध

२०२२ फेब्रुअरी २४ को बिहान युरोपको नक्सामा एउटा पुरानो भय पुनः जीवित भयो। रुसी क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूतर्फ उडिरहेका थिए। राजधानी किएभसहित विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिए। ट्याङ्कहरू सीमापार अघि बढे। लाखौँ मानिसले केही घण्टाभित्रै घर छाड्नुपर्‍यो। दोस्रो विश्वयुद्धपछि युरोपले अनुभव गरेको सबैभन्दा ठूलो सैन्य संकटमध्ये एउटा नयाँ अध्याय सुरु भयो। मस्कोले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको सैन्य कारबाहीका रूपमा व्याख्या गर्‍यो। ...

नेपालन्युज
कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती
Latest NewsJust now

कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती

काठमाडौँ, कात्तिक २० गते । सरकारले कृत्रिम (प्लास्टिक) फूलमाला र गुच्छाको आयात तथा बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि आयात र बिक्री रोकिएको छैन । सरकारले राजपत्रमा सूचना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play